Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बालुवाटारमा एमाले र एमाओवादीको संयुक्त बैठक जारी

काठमाडौं । सरकार सञ्चालनका विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुको संयुक्त बैठक बसीरहेको छ ।

\"KP_Oli-Prachand\"एमाओवादी भित्र वर्तमान सत्ता गठबन्धनप्रति तीव्र असन्तुष्टि बढिरहेकाबेला प्रधानमन्त्री निवास बालुवाटारमा जारी यो बैठकलाई बिशेष चासोका साथ हेरिएको छ ।

बैठकमा दुबै दलका अध्यक्षसहित दोस्रो तहका नेताहरु पनि सहभागी छन् । एमाओवादीको तर्फबाट गृहमन्त्री शक्ति बस्नेत, स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लगायतका नेताहरु बैठकमा सहभागी छन् ।

यही बैठकमा एमाओवादी नेताहरुले कांग्रेस र मधेसवादी दलहरुलाई समेत समेटेर राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा कुरा राख्ने तयारी गरेका छन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस र मधेसवादी दल आउन नमाने आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने विकल्पको विषयमा छलफल गर्ने तयारीसहित बालुवाटार पुगेको एमाओवादीका एक नेताले जानकारी दिए ।

एमाओवादी नेताहरुले सरकारको कामकारबाहीप्रति सार्बजनिकरुपमै असन्तुष्टि जनाउँदै आएका छन् । सरकार गठनताका भएको ८ बुँदे सहमति कार्यान्वयन र शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा प्रधानमन्त्री ओलीले चासो नदिएको एमाओवादी नेताहरुको गुनासो छ ।

यसबारे एमाओवादीले एक महिना अघि नै ओलीलाई पत्र पठाएर छलफलको वातावरण बनाउन आह्वान गरेको थियो । तर, प्रधानमन्त्री ओलीले चासो नदिएपछि यहि वैशाख १७ गते बसेको एमाओवादी स्थायी समिति बैठकले अब गम्भीर र निर्णायक छलफल गर्ने निर्णय गरेको थियो ।

त्यसबारे पनि अहिलेको बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending