Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकार परिवर्तन गर्ने पक्षमा हाम्रो पार्टी छैनः प्रचण्ड

\"Prachanda\"मोरङ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सरकार परिवर्तन गर्नुपर्दछ भन्ने पक्षमा आफूहरु नरहेको बताउनु भएको छ । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘समग्र परिस्थितिको मुल्याकंन गर्ने समय छ, सरकार वा मन्त्रीको विषयमा अल्झनु राम्रो हैन ।’

जन अपेक्षा अनुसार काम नभएको भए समिक्षा गर्ने पनि प्रचण्डले बताए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन आएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको जिज्ञासामा वर्तमान सरकार परिवर्तन गरि हाल्नुपर्ने अवस्था नभएको बताए ।

उनले आफ्नो पार्टी सरकारको मुख्य हिस्सेदार भएपनि अहिले नै चावीको सित छ भनेर हिड्ने बेला नभएको बताए । उनले देशमा देखिएको चुनौतीको सामना सबै राजनीतिक शक्तिबीचको एकताले मात्र चिर्न सकिने धारणा पनि राखे।

सबै दलबीचको एकता सहितको राष्ट्रिय सहमति जरुरी रहेको उनको भनाई थियो । उनले दलहरुबीच बढेको ध्रुवीकरणलाई समेट्दै अगाडी बढ्नु नै अहिलेका लागि राष्ट्रिय हितमा हुने प्रष्ट्याए। कसैले वा कुनै देशले भनेको भरमा नेपालको सरकार परिवर्तन हुने वा नहुने उनको भनाई थियो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको बारेमा छिमेकी वा तेस्रो मुलुकका संसदमा छलफल हुनु गलत भएको बताउँदै समग्र निर्णय प्रक्रियामा नेपाली राजनीतिक दल र जनता सक्षम रहेको बताए ।

त्यसैगरी मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको समस्या समाधान, संविधानको कार्यान्वयन, भुकम्प पूनर्निर्माण लगायत मुलुकको आर्थिक समृद्धिमा लैजान राष्ट्रिय राजनीतिकमा एकताको खा“चो रहेको बताए । उनले मुलुकलाई निकास दिन नेपाली कांग्रेस र मधेशवादी दलहरु सहमती र एकताबाट भाग्नु नहुने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending