Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

अक्सफोर्ड कलेज गैडाकोटँको गाडीमाथी आक्रमण

\"20160501_084640\"नवलपरासी । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीतिक गुण्डागर्दी गर्दै मनोमानी ढंगले अगाडी बढेको भन्दै अक्सफोर्ड कलेज गैडाँकोटको ना १ क ३८०६ नम्बरको गाडीमा हिजो राती आक्रमण भएको छ । जिल्लाको कावासोती नगरपालिका डण्डास्थित ड्राईभरको घर नजिकै रहेको गाडीमा राती १० बजे दुई नम्बर नखुलेको मोटरसाईकलमा आएका युवाहरुले रड प्रहार गरी गाडीको सिसाहरु फुटालेर आक्रमण गरेका थिए । आक्रमणपश्चात गाडीको अगाडी र दायाँपट्टीको सबै सिसाहरु फुटेका छन् । राती एक्कासी चर्काचर्को आवाज आएपछि स्थानीयले हेर्दा गाडी फुटालेर दुई मोटरसाईकलमा केही युवाहरु दक्षिणपट्टी भागेको स्थानीयले बताए । घटनास्थलमा गाडी फुटाल्नको लागी प्रयोग गरिएको रड तथा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले जिम्मा लिएको पर्चा भेटिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनाको जिम्मेवारी सबै मिडियाहरुमार्फत विप्लव निकट विद्यार्थी संगठनका जिल्ला संयोजक शिव डुम्रेले लिएका छन्, उनले घटनाको जिम्मेवारी लिदैं आफ्नो संगठनले कारबाही गरेको र कारबाहीलाई सामान्य कमजोरी सम्झिएमा अझ कडाँ खाले कारबाही गर्नेसमेत उद्दत गरे । पर्चामा सम्बन्धन नलिई विद्यार्थी भर्ना गर्ने र विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको, विद्यालयको स्रोत तथा साधनमा न्युनतम सरकारी नियमसमेत उल्लघंन गरेको, भौतिक संरचना निर्माण गर्दा भूमिहिन र किसानलाई परेको समस्यालाई वेवास्ता गर्दै सुकुम्बासी टोललाई प्रशासन लगाएर डरधम्की देखाएको,संगठन र सम्बद्द विद्यार्थीलाई अभद्र र अमानवीय व्यवहार गरेको, राजनीतिक आड र भरोसामा गुण्डागर्दीबाट जबरजस्ती कानुनी प्रक्रियासमेत पुरा नगरी क्याम्पस सञ्चालन गर्दै आएको र बेलाबेलामा सचेत हुन आग्रह गर्दासमेत अटेरी गरेको, संगठनको मेचीकाली जागरण अभियानको क्रममा विद्यार्थीलाई राष्ट्रियता, स्वानिधताका विषयमा प्रशिक्षित गर्नसमेत रोक लगाएको, विविध समस्याहरुलाई पटकपटक छलफल र समन्वयबाट सुल्झाउन आग्रह गर्दासमेत वेवास्ता गरेको लगायतका विषयहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा अटेरी गरेर अगाडी बढेमा योभन्दा कडा कारबाही गरिने अखिल ९क्रान्तिकारी०को पर्चामा उल्लेख छ । संगठनका संयोजक शिव डुम्रेले शैक्षिक शुल्क मनपरी उठाउने, न्युनतम मापदण्ड पुरा नगरी विद्यालय सञ्चालन गर्ने तथा विद्यार्थीको हक र हितमा समेत वेवास्ता गर्दै शिक्षा निर्देशिका २०७३ लाई वेवास्ता गर्ने केही विद्यालयहरुलाई सचेतपूवर्क आफ्ना कमिकमजोरीहरु सञ्च्याएर अगाडी बढ्न आग्रह गर्दै यसो नभएमा कारबाही अझ शसक्त ढ्रगले अगाडी बढाउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies