Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वन अतिक्रमणकारीलाई कारवाही भएन

\"13140516_10204765472615358_1559760252_n\"रूपन्देही । प्राय सधैजसो काठ तस्करी हुने रुपन्देही र पाल्पाको सीमास्थल पाल्पाको बल्ढेङ्गगढीस्थित तल्लो जगदमारमा वन अतिक्रमण गरी बसेको बस्तीलाई अझैसम्म हटाइएको छैन । एकदशक मुद्दा हारेको उक्त बस्तीलाई जिल्ला वन कार्यालय पाल्पाले हटाउने भनी कार्ययोजना समेत बनाएको भएपनि अझैसम्म हटाइएको छैन । १३ घरधुरी रहेको उक्त बस्ती बाडी पीडितको नाममा वि.सं. २०६० सालतिर बसालिएको हो । केही स्थानीय अगुवाको पहलमा वन फडानी गरी बस्ती बसालिएको थियो । अबैध रुपमा जावुन सामुदायिक वन फडानी गरी बस्ती बसालेको पाइएपछि जिल्ला वन कार्यालयले मुद्दा चलाएको थियो । उक्त मुद्दा हारेपछि जिल्ला वन कार्यालयले पाल्पाले उक्त बस्ती हटाउन जावुने सामुदायिक वन उपभोक्ता समूहलाई पत्राचार गरेको थियो । उक्त सामुदायिक वन क्षेत्रमा पर्ने सो बस्ती हटाउन सामुदायिक वन उपभोक्ता समूह असफल भएपछि जिल्ला वन कार्यालयले वि.सं. २०६८ सालमा कार्ययोजना बनाएरै बस्ती हटाउने बताएको थियो । यसअघि तत्कालिन जिल्ला वन अधिकृत सुरेश सिंहले बल प्रयोग गरेरै भएपनि बस्ती हटाउने बताएका थिए । तर त्यसपछि तीन जना नयाँ जिल्ला वन अधिकृत परिवर्तन भएको भएपनि हालसम्म बस्ती हटाउने पहल गरिएको छैन । उक्त बस्तीमा बर्सेनी काँचा सालका रुख सुकाउने र जलाउने गरेको पाइन्छ । यसबारे जिज्ञासा राख्दा इलाका वन कार्यालय बल्ढेङ्गगढीका साहयक वन अधिकृत प्रेमबहादुर चौधरीले जिल्ला प्रशासन कार्यालयले सहयोग गरे वन अतिक्रमणकारीलाई हटाउन सकिने उल्लेख गरे । उनले भने, ‘बस्ती हटाउन सबैको पहल जरुरी छ, सबैको सहयोग पाए वन कार्यालयले बस्ती हटाउँछ ।’ स्थानीय जावुने सामुदायिक वन क्षेत्रमा पर्ने उक्त बस्ती हटाउन स्वयं वन उपभोक्ता समूहले पहल गर्नुपर्ने भएपनि हालसम्म सामुदायिक वनका पदाधिकारीले यो पहल गर्न सकेका छैनन् । आफ्नो वन क्षेत्र ओगटेर बसेका अतिक्रमणकारीलाई नहटाएसम्म उक्त सामुदायिक वन समूहको नवीकरण हुने संभावना पनि छैन तर केही ठेकेदारहरुले अतिक्रमणकारी बसेको जग्गाको सीमा क्षेत्र कटौती गरी वन नविकरण गराउन प्रयास थालेको छिमेकी सामुदायिक वनका पदाधिकारीले बताएका छन् । यसबारे इलाका वन कार्यालय बल्ढेङ्गगढीका सहायक वन अधिकृत चौधरीले भने, ‘अब दुई महिनापछि सामुदायिक वनको समयावधि सकिंदैछ, त्यसपछि मात्र थाहा हुन्छ बस्ती वा सामुदायिक वनलाई के गर्ने भन्ने कुरा  । जावुने सामुदायिक वनका अध्यक्ष भद्रबहादुर थामीले पनि अतिक्रमित बस्ती हटाउन आफूहरुले पहल नगरेको स्वीकार गरे । स्थानीयका अनुसार वि.सं. २०६० सालमा राजनीतिक द्वन्द्व चलिरहेको मौकाछोपी तत्कालिन माओवादीले कब्जा गरेको भन्ने हल्ला चलाएर केही सामाजिक अगुवाले उक्त वन अतिक्रमण गराएका हुन् । ती केही अगुवाको जग्गा समेत उक्त बस्तीमा रहेको तर उनीहरुको नाम उल्लेख नगर्ने सर्तमा १३ घरले नै जोतभोग गर्दै आएको स्रोतको भनाई छ । यसको क्षेत्रफल करिब १० विगाहा छ । उक्त बस्तीमा रहेका घनघोर ठूला सालका रुखहरु धेरैजसो काटिसकिएका छन् । कैयौं सालका रुखहरु माटोले पुरेर राखिएका छन् भने कयौं ठाडा सालका रुख वर्सेनी घेरा हानेर आगो लगाउने गरिएको छ । केही समयअघि छिमेकी बस्तीमा काठ तस्करी गर्दा केही मानिसहरु वन कार्यालयको नियन्त्रणमा कारवाहीमा परेर मुद्दा खेप्न बाध्य भएपछि उक्त बस्तीबारे पनि थप तथ्यहरु बाहिर आउन थालेका छन् । त्यसो त छिमेकी बस्ती माथिल्लो जोगदमारमा समेत वन अतिक्रमण कार्य रोकिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending