Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपालमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

\"buddha-400\"चीन । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ । भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा ९बुद्ध पूर्णिमा० लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ । यसवर्ष आगामी जेठ ८ गते परेको यस जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौं र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट ठूलो सहभागिता हुने भएको बताइएको छ । सोही सम्मेलनका क्रममा लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति पनि राख्ने तय भएको छ । चाङ्ले नै नेपालबाट बुद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेका थिए । यस सम्मेलनमा चीनको सान्सी प्रान्तका प्रमुख उपमन्त्री याओ यिनलिङ नेपाल आउने र उहाँकै उपस्थितिमा लुम्बिनीमा चाङ्का मूर्तिको अनावरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै हेनान प्रान्तका बौद्धगुम्बा विभागका प्रमुख पनि सो सम्मेलनमा सहभागी हुने निश्चित भएको छ । चिनियाँ सान्सी प्रान्तको सियानमा अवस्थित सियान विश्वविद्यालयका प्राध्यापक डा। राजिवकुमार झाले केही महिनादेखि सान्सी, हेनान, सिचुवान प्रान्तका साथै राजधानी बेइजिङ्मा यस विषयमा व्यापक प्रचार गरेका छन् । उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको जानकारी पत्रपत्रिकामा विज्ञापन, लेख रचना तथा स्थानीय सञ्चारमाध्यमहरुमा अन्तरवार्ता मार्फत गराएका छन् । प्रा डा। झाले यस सम्मेलनमा बढीभन्दा बढी चिनियाँ भिक्षु तथा दार्शनिक र अद्येताहरुको सहभागिताका लागि यहाँका बौद्ध अध्ययन केन्द्र, विद्यालय एवम् विश्वविद्यालय, बौद्ध गुम्बा र अरु सम्बन्धित स्थानमा आपूm नै पुगेर वा प्रतिनिधि मार्फत सम्मेलनको प्रचार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना भएको चीन भ्रमणका क्रममा सिचुवान प्रान्तीय सरकारले प्रा डा।झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूतका रुपमा नियुक्त गरेको हो । सिचुवान नेपालको सिस्टर सिटी ९भगिनी सहर० का रुपमा रहेकाले आफूले सिचुवान सहर तथा समग्र चीनसँगकै सम्बन्धका लागि विशेष भूमिका निर्वाह गर्ने जानकारी उनले दिए । नेपालमा मनाउन लागिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध दर्शनका अगुवा, यस क्षेत्रका विद्धान र भिक्षुहरुलाई सहभागी गराउन सकिएमा उनीहरुले चीनमा ल्याउने सन्देशले धेरै ठूलो अर्थ दिने र यसले नेपालमा चिनियाँ धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने उनले बताए । उनले भने – मैले अहिले नै नाम त दिन सक्दिन तर चीन सरकार, यहाँको कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता तथा बौद्ध अध्ययनका विशिष्ट व्यक्तिसँग पनि कुराकानी गरिरहेकाले यस पटकको बुद्धजयन्तीमा चीनको उच्चस्तरीय सहभागिता हुनेछ । चीनका उच्च सरकारी अधिकारीसँग नै सहभागिताका लागि कुराकानी भइरहेको तर अहिलेसम्म व्यक्ति को भन्ने बारेमा भने निश्चित नभएको उनले जानकारी दिए । प्राध्यापक झाले नेपाल चीन सम्बन्धको विस्तारका लागि चीनमा बुद्धसम्बन्धी दर्शनको विस्तार र प्रचार पनि एक महत्वपूर्ण कार्य भएकोले आफूले यस पटकको अन्तर्राष्ट्रिय बुद्धजयन्तीमा बढी भन्दा बढी चिनियाँको सहभागिताका लागि काम गरिरहेको जानकारी दिए । गौतम बुद्धको २५६० औँ जयन्तीका अवसरमा मनाइने यस सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको र अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी सरकारले दिएको छ । सम्मेलनमा ४०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले यस पटकको सो सम्मेलनमा विश्वका कैयौँ देशको प्रतिनिधित्व हुने हँुदा यसले नेपालमा धार्मिक पर्यटनको आगमनमा ठूलो सहयोग पुग्ने धारणा राखे । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले सम्मेलन यसअघिको तुलनामा सहभागी एवम् अन्य हिसाबले पनि विशेष हुने बताए । सम्मेलनमा बौद्ध दर्शन र धर्ममा आधारित बहस, यससम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै बौद्ध दर्शनको विस्तारका बारेमा गोष्ठीहरु गरिने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: