Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमाओवादीमा बादल उपाध्यक्ष

\"badal\"काठमाडौं । एमाओवादीसँग एकता प्रक्रियामा सहभागि हुने टिमको नेतृत्व गर्ने नेकपा क्रान्तिकारी माओावादीका नेता रामबहादुर थापा \'बादल\'ले तेस्रो बरियतामा ‘उपाध्यक्ष’ पाउने भएका छन् । पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ र उपध्यक्ष सिपी गजुरेल एकतामा नआउने निश्कर्ष निकाल्दै एमाओवादीले एकता प्रक्रियाको नेतृत्व गरेर आउने रामबहादुर थापा ‘बादल’ लाई तेस्रो बरियतामा उपाध्यक्ष पद दिन सहमत भएको हो । शुक्रबार एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिकाे बैठकले पार्टी एकताको विषयमा वृहत छलफल गरि एकताको नेतृत्व गरेर आउने बादललाई तेस्रो बरियतामा उपाध्यक्ष दिने सैद्धान्तिक सहमति गरेको हो । एमाओवादीसँग एकता गर्ने सवालमा बैद्य माओवादीमा विवाद कायम नै छ । अध्यक्ष बैद्य एमाओवादी सँग सैद्धान्तिक सहमति नभएसम्म एकता सम्भव नभएको भन्दै तत्काल एकता गर्ने पक्षमा देखिदैनन भने बादल तत्काल एकता गरेर बाँकी सैदान्तिक विषय टुंगो लगाउने पक्षमा रहेका छन् । एमाओवादीसँग एकता गर्न बैद्य सकारात्मक नदेखिएपछि बादल करिब ९० सदस्य लिएर एमाओवादीमा विलय हुने करिब पक्कापक्की भएको छ । बैद्य माओवादीभित्र एकताको विषयले गंभिर रुप लिन थालेपछि एकताको वियषमा एकमत हुन नसक्दा केन्द्रीय बैठक स्थगित हुँदै आएको छ । बैद्य एकताको विषयलाई पछडि धकेल्न चाहन्छन् भने बादल बैद् सहित तत्काल एकता गर्ने पक्षमा रहेका छन् । अब एमाओवादीमा अध्यक्ष प्रचण्ड , प्रथम उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ तेसो बरियतामा उपाध्यक्ष बादल , महासचिव कृष्ण बहादुर महरा , सचिवमा देव गुरुङ , सचिव पम्फा भुषाल हुने सैद्धान्तिक सहमति भएको एमाओवादी स्रोतले जनाएको छ । एकता प्रक्रियामा आउने उनको टिमलाई चार जनालाई स्थायी समिति सदस्य , सात जनालाई पोलिटव्यूरो सदस्य दिने तयारी भए पनि को–कसलाई के पद दिने भन्ने विषयमा गृहकार्य भइरहेको एमाओवादी स्रोतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: