Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीको 'किस्सै किस्सा'

\"KP-oli-talking-750\" काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली किस्सा भन्न माहिर छन् । कुनैबेला किस्सा भनेर अन्य राजनीतिक दलहरुलाई चिढाउने गरेका ओली पछिल्लो समय प्रधानमन्त्री भएपछि भने जनताको समस्यालाई किस्सा बनाएरै उडाउन थाले । प्रधानमन्त्री भएको झण्डै आठ महिना हुँदा पनि ओलीले जनताको केही काम गर्न नसके पनि उनले जनता सामस्या समाधान गर्छु भनेर फलाक्न छाडेका छैननन् । भारतीय नाकाबन्दीका कारण गम्भीर इन्धन संकट भई दाउरा बालेर खाना पकाउनुपरेको अवस्थामा घरघरमै पाइपबाट ग्यास ल्याइदिने उडन्ते अभिब्यक्ति दिए भने हावाबाट विजुली निकालेर लोडसेडिङमुक्त गराउने हावा कुरा गरेर आफूप्रतिकै विश्वास घटाएका थिए । भारतीय नाकाबन्दी हटेको तीन महिनाभन्दा भइसक्दा पनि खाना पकाउने ग्यास सहज पाउन सकिएको छैन भने इन्धन अभाव पनि अझै सहज हुन सकेको छैन । ओली सरकारले जनताको काम गर्न नसकेको भन्दै सत्तारुढ दलहरुले नै आलोचना गरिरहँदा र राष्ट्रिय सरकार गठनको चर्चा भइरहँदा प्रधानमन्त्री ओलीले जनताले पत्याउनै नसकिने उडन्ते अभिब्यक्ति दिएर आफै हलुका बन्दै गएका छन् । शुक्रबार मात्रै विराटनगरदेखि धरान पुगेका प्रधानमन्त्री ओलीले विकास निर्माणदेखि जनताको समस्यालाई लिएर विभिन्न किस्साहरु सुनाए । विराटनगरमा मधेस समस्याको समाधानमा कसैले चिन्ता लिनु नपर्ने सबै काम आयोगले गर्ने किस्सा सुनाए भने धरानमा आफू प्रधानमन्त्री हुन्जेल कोही नागरिक भोकै मर्नु नपर्ने किस्सा सुनाए । कोही नेपालीले त्यस्तो समस्या भोग्नु परेको छ भने तत्काल सरकारलाई सूचना दिनसमेत उनले आग्रह गरे । भूकम्पले ध्वस्त संरचनाको निर्माणको काम भर्खरै सिलान्यास मात्रै गरिए पनि तीब्र ढंगले काम थालिएको छैन । तर प्रधानमन्त्री ओलीले भने आगामी असारभित्रै पीडितलाई ओतमुनी ल्याइसक्ने बताए । उनका किस्सा त धेरै थिए तर आफू प्रधानमन्त्री हुन्जेल नजताले भोकै मर्नुनपर्ने भनी सुनाएको किस्सा भने रोचक थियो । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले ल्याउन लागेको बजेटमा पनि पुरै नयाँपन आउने किस्सा सुनाएका थिए । आफ्नो सरकारले ल्याउने बजेटमा आयव्ययको हिसावकिताव मात्र नहुने दाबी गर्दै प्रधानमन्त्री ओलीले बजेट ल्याएपछि केही दलका नेताहरु आत्तिने समेत दाबी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: