Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पञ्चासे क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आउन सकेन

\"aagalagi\"पर्वत । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा बिहीबार रातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने खतरा बढेको छ । पाँच हजार ५०० हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखीममा परेका छन् । आगो निभाउनका लागि पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या सिर्जना भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएको राम्जाका स्थानीय रविन गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले पोखरा मणिपाल अस्पतालमा शुक्रबार राति शल्यक्रिया सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै जिल्लाको सबैभन्दा उचाइमा रहेको कालान्जर पर्वतको नामले परिचित हम्पाल लेकको फेदीमा समेत आगलागी भएको छ । गएरातिदेखि आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । क्याङ गाविस–९ देखि सल्किएको आगो माथिसम्मै फैलिएको स्थानीय नरसिंह पुनले जानकारी दिए । स्थानीयको पहलमा आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रण बाहिर गएको उनले भने । यता भँगरा गाविसमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । यस वर्ष पर्वतका ५० भन्दाभन्दा बढी क्षेत्रमा आगलागी भएको आगलागीका कारण खुल्न नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: