Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

श्यामप्रसादको अभिनन्दनका लागि सङ्घसंस्थालाई आह्वान

\"Shyam-Prasad-Sharma-(1)-750\" काठमाडौँ । श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिले प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसादको राष्ट्रिय अभिनन्दनका लागि सम्पूर्ण प्रगतिशील, जनपक्षीय तथा प्रजातान्त्रिक सङ्घसंस्थालाई आह्वान गरेको छ । उनको नागरिक अभिनन्दन यही वैशाख २९ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । उनी प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य पनि हुन् । पशुपक्षी विकासमन्त्री शान्ता मानवी र पूर्वमन्त्री वाचस्पति देवकोटाको उपस्थितिमा श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिका सहअध्यक्ष हेमनाथ पौडेलका अध्यक्षतामा आज यहाँ बसेको समितिको तेस्रो बैठकले उनको अभिनन्दनका साथै उनीबारे प्रकाशन हुने अभिनन्दन ग्रन्थका लागि लेखरचना उपलब्ध गराउन आग्रह पनि गरेको छ । अभिनन्दन पत्र चढाउन र समारोहमा सहभागी हुन समितिले विभिन्न सङ्संस्थालाई पत्राचार गरिसकेको समितिका सदस्य सचिव डा. देवी नेपालले जानकारी दिए । अभिनन्दनका लागि अर्थ सङ्कलन, प्रचारप्रसार, ग्रन्थ प्रकाशन र स्वास्थ्योपचार उपसमितिमा क्रमशः वासुदेव अधिकारी, श्रीओम रोदन, जगत् प्रेक्षित र देवकोटा रहेका छन् । विसं २००९ मा श्यामप्रसाद र केही साथीहरुको पहलमा वीरगन्जमा सङ्घको गठन गरिएको थियो । उनका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी ५७ कृति प्रकाशित छन् । उनका ‘तँ’, ‘तिमी’, ‘तपाईँ’, ‘हजुर’ निबन्ध सङ्ग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ कृति प्रसिद्ध छन् । काठमाडौं हात्तीसारमा बस्दैआएका उनी नसासम्बन्धी रोगबाट पीडित छन् । उनको जन्म विसं १९८६ असार ६ गते मकवानपुर, मन्थली, सोलीथुममा भएको हो । श्यामप्रसादमाथि प्रा. धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध गरिसकेका छन् भने नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान र प्रकाशन तथा ‘नागार्जुन’ साहित्यिक पत्रिकाले विशेषाङ्क निकालिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies