Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

कांग्रेस सशक्त प्रतिपक्ष र सरकार ढाल्ने दुबै खेलमा

विभिन्न राजनीतिक परिवर्तन र उथलपुथलसँगै गत असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी गरियो । नयाँ संविधान जारी गरिएपछि पनि नागरिकमा असन्तुष्टीहरु कायमै रहेका छन् । मुलुकको सबैभन्दा ठूलो दल नेपाली काग्रेस नै अहिले सरकारबाहिर छ । मुलुकको सबैभन्दा ठूलो दल प्रतिपक्षमा रहनु तथा आधा भन्दा बढी जनसंख्या र प्रतिनिधित्व भएको मधेस पनि आन्दोलनमा रहेको अवस्था छ । यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएका छन् । उनी ब्यक्तिगत कामले भारत गएको भए पनि केही आशंकाहरु उब्जिएका छन् । उनको भारत भ्रमणले कतै नेपालको राजनीतिमा फेरि अर्को कुनै परिवर्तनको सम्भावना त छैन भन्ने शंकाको दृष्टिले हेरिएको छ । [caption id=\"attachment_71766\" align=\"alignleft\" width=\"314\"]\"मित्र मित्र भट्टरार्इ[/caption] ठूलो पार्टीका नेताको भारत भ्रमणले मुलुक अब कतातिर जाँदैछ भन्ने चासो रहनु स्वभाविक हो । ब्यक्तिगत कामले गएको भए पनि राजनीतिक ब्यक्तित्व भएकाले राजनीतिक भेटघाटहरु पनि भए होलान् । तर त्यति नै कारणले नेपालमा राजनीतिक परिवर्तन नै भइ हाल्छ भन्ने लाग्दैन । उनको आकांक्षा त हुने कुरा पनि स्वभाविक नै हो । अहिले ठूला कम्युनिष्ट पार्टीहरुको गठबन्धन एकातिर छ भने अर्कोतिर मधेसवादी दलहरु आन्दोलनमै रहेको अवस्था छ । पहिलो मधेस आन्दोलन कति उत्कर्षतिर पुग्छ भन्नेमा र दोस्रो कम्युनिष्ट कठबन्धन कति कति मजबुत रहला भन्नेमा भर पर्छ । सत्ता फेरबदलले काम गर्यो भने आगामी जेठ भित्रै हुन्छ । अन्यथा जेठपछि बजेट ल्याउने कुराहरु हुन्छन् । राजनीतिमा बोल्ने एउटा गर्ने अर्को खासगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने बताइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले पटक पटक यो कुरा दोहार्याइरहेका छन् । तर राजनीतिमा यस्ता कुरा बनावटी पनि हुन्छ भने वास्तविक पनि हुन सक्छ । राजनीतिमा बोल्ने एउटा गर्ने अर्को पनि हुन्छ । सबै सत्य कुरा भनिहाल्न पनि मिल्दैन । तुरुन्तै सत्ता ढाल्छौं भन्ने हो त्यो सफल नहुन पनि सक्छ । अर्को कुरा सत्ता ढाल्ने खेलमा लागेपछि अर्को तिकडम शुरु हुन सक्छ, त्यसैले यस्ता कुरा पहिले नै सार्वजनिक नगर्ने राजनीतिक संस्कार पनि हो । सरकार ढाल्न आफ्नो पक्षमा बहुमत पुर्याउनै पर्यो । बहुमत पुर्याउनका लागि सत्तारुढ दलहरुको पनि साथ चाहिन सक्छ । त्यसका लागि प्रत्यक्ष भूमिकामा रहन पर्यो । त्यसैले यी सबै कुटनीतिक कुरा पनि हो । प्रतिपक्षमा सशक्त भूमिका पनि खेल्दै जाने र सरकार ढाल्ने खेल पनि भित्रभित्रै खेल्ने दुवै हुन सक्छ । \"congress-central-office\" मधेस आन्दोलनप्रति कांग्रेस भोटको राजनीतिकको कुरा गर्दा कांग्रेसको भोट बैंक मधेस नै हो । केही स्वार्थका कुरा गर्ने हो भने पनि अहिले मधेसविरुद्ध कांग्रेस जाँदैन । मधेस आन्दोलनमा होमिएको मधेसी दलहरु कांग्रेस नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा जिताउँन भन्दै संसदमासमेत आए । भलै जित हुन सकेन । एजेण्डाको हिसाबले पनि मधेसलाई अधिकार दिनुपर्छ भन्नेमा कांग्रेस देखिन्छ । यी यस्ता केही न केही मधेसका मुद्दाहरुमा काग्रेसको नैतिक अधिकार बढी रहन्छ । संघीयताकै कतिपय सवालहरुमा कांग्रेस र मधेसी दलका मुद्दाहरु मेल नखान सक्छन् । तर बेमेल हुँदाहुँदै पनि कतिपय सन्दर्भमा मिलेर जानुपर्ने अवस्था हुन्छ । नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लायतका कुराहरुमा बेमेल हुँदै आएको हो । तर पनि ती कतिपय कुराहरु स्वीकार्दै आएको अवस्था छ । संघीयता र धर्मनिरेक्षताबाट पनि कांग्रेस पछाडि फर्किने अवस्था आउन सक्छ । त्यो अवस्थामा नयाँ ढंगबाट राजनीति अगाडि बढ्न सक्छ । राजनीतिक उथलपुथलको सम्भावना राजनीतिक उथलपुथल हुने समयहरु बेला मौकामा आउँछन् । तर ज्योतिषीले भनेजस्तै ठ्याक्कै यतिबेला नै राजनीतिक उथलपुथल हुन्छ भनेर भविष्यवाणी गर्न सकिदैँन । तर अहिलेको राजनीतिक अवस्थालाई हेर्दा यो वर्षमै राजनीतिक समिकरणहरु बदलिने सम्भावना देखिन्छ । अहिलेको सरकारले ठूलो आर्थिक विकास तथा जनताका न्यूनतम आवश्यकतासमेत पूरा गर्न नसकेको कारणले पनि सरकारप्रतिको वितृष्णा बढ्दै गएको छ । यी सबै कारणले पनि सरकारलाई साथ दिइहेको एमाओवादी अध्यक्ष प्रचण्डको मनोवैज्ञानिक तथ्यले पनि ओली सरकारको विकल्प खोज्नुपर्नेमा लाग्न सक्छन् भन्ने बुझाइ छ । उत्पादन र वितरणमा समस्या अहिले मुलकका अधिकांश नेपाली सचेत भइसकेका छन् । तर देशमा समस्या भनेको उत्पादनको हो । उत्पादन नभएसम्म कुनै पनि देशको विकास हुँदैन । उत्पादन गर्ने योजना कसैले पनि ल्याउन सकेका छैनन् । अझै पनि नेपालका राजनीतिक दलका नेताहरुले उत्पादनका योजनाहरु ल्याउन सक्लान् जस्तो लाग्दैन । नेताले आफू सत्तामा पुग्ने मात्रै योजना ल्याउँछन् । ब्यापारीले भारत र चीनको सामान किन्ने र आफूले बीचमा कमिसन खाने योजना ल्याउँछ । ब्यापारीहरु बैदेशिक रोजगारका नाममा मानव बेचबिखनको योजना ल्याउँछन् । बुद्धिजीवीहरुले पनि आफूले विभिन्न योजनाको नाममा कमिशन खाने योजना मात्र ल्याउँछन् । यी सबै कारणले गर्दा अर्थतन्त्र कमजोर देखिन्छ । अर्थतन्त्र कमजोर भएपछि राजनीति पनि अस्थिरतातिर धकेलिन्छ । वितरण प्रणाली पनि न्यायसंगत छैन । पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको अभाव छैन भनिएको छ तर इन्धन अभाव उस्तै छ । एक वर्षअघि शक्तिशाली भूकम्प गएपछि सहयोगका हातहरु आए । दातृ निकायहरुले दिएको सहयोगसमेत वितरण गर्ने अवस्था देखिदैन । मुलुकको समस्या समाधानका लागि पनि सबै दलका नेताहरु चुकेको देखिन्छ । कांग्रेसको भूमिका नेपाली कांग्रेसले अहिलेसम्मको राजनीतिक अवस्थालाई हेर्दा समन्वयकारी भूमिका खेलेको छ । अब पनि कांग्रेसले समन्वयकारी भूमिका खेल्नुपर्छ । ००७ सालदेखि अहिलेसम्मका राजनीतिक परिवर्तन तथा संकटको घडीमा कांग्रेसले समन्वयकारी भूमिका खेलेको पाइन्छ । निर्णय दिने बेलामा कांग्रेसले निर्णयक भूमिका खेलेको देखिन्छ । ००७ सालमा राणा हटाउने बेलामा, ०३६ सालमा जनमत संग्रहको समयमा तथा ४६ सालमा जनआन्दोलन तथा ६२/६३ मा गणतन्त्रमा जाने सवालमा कांग्रेसले निर्णायक भूमिका खेलेको छ । जसले निकास पनि आएको छ । अहिले पनि नेपालमा झण्डै ७०प्रतिशत मत कम्युनिष्टहरुकै छ । तर विश्व समिकरणलाई हेर्दा भने कम्युनिष्टहरु कमजोर देखिने गरेका छन् । कम्युनिष्टहरुलाई एकथरिले च्याप्ने एकथरिले नच्याप्ने देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा पनि कम्युनिष्टहरु असफल भए । नेपालमा खासगरी चीन र भारतको अर्थात जिओ पोलिटिक्स (भू–राजनीति) को प्रभाव बढी पर्ने देखिन्छ । चीन र भारतकै कुरा गर्दा चीनले भन्दा भारतले छिटो छिटो प्रभाव जमाउन सक्छ । तर भारतसँग विरोध गरेर नभइ मिलेर नै जानुपर्ने देखिन्छ । नयाँ संविधान र संघीयताको बारेमा चर्किएको आन्दोलनलाई सम्बोधन गर्नकै लागि कांग्रेस पूर्व सभापति स्व.सुशील कोइरालाले संविधान संशोधनको अडान लिए । संविधान संशोधन गरेर मधेसलाई समेट्नुपर्छ भनेर कांग्रेसले संविधान संशोधन प्रस्ताव ल्यायो । अब पनि फेरि संविधानमा केही संशोधनहरु ल्याएर निकास निकाल्नेतर्फ कांग्रेसले लचकता अपनाउनुपर्छ । (कुराकानीमा अाधारित) (अर्थशास्त्रका विद्यार्थी भट्टराई कांग्रेसको राजनीतिमा बढी चासो राख्छन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending