Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपालमा लोकप्रिय हुँदै घुँडा र नितम्ब प्रत्यारोपण

\"doctor-apron\"काठमाडौंं । घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ । यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए । मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि प्रत्यारोपण सञ्चालन भइरहेको छ । उनले भने — ‘हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ । यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन् ।’’ खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । त्यसपछि दो¥याएर पनि कठिन र जटिल प्रक्रियाबाट संशोधन शल्यक्रिया गर्न मिल्ने डा आरसीको भनाइ छ । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनःसंशोधन शल्यक्रिया ९रिभिजन अर्थोप्लास्टी० बाट काम लाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औंजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने डा आरसीले बताए । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई ‘अर्थोप्लास्टी’ भनिन्छ । डा आरसीका अनुसार अर्थोप्लास्टिकका लागि उमेरको हदबन्दी हुँदैन । सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका भएको उनको भनाईछ । उनले भने —‘अस्पतालमा आउँदा हिँड्नै नसक्ने अवस्थामा रहेका बिरामी प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन् ।’’ प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन । पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उर्फने, धेरै उकालो–ओरालो हिँड्ने, रुख चड्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । अस्पतालका अनुसार जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यका बाहिरका छन् । तीमध्ये पनि धेरैजसो महिला छन् । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: