Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

संविधान कार्यन्वयनमा व्यावधान खडा नगर्न प्रम ओलीको आग्रह

\"Kp-oli1\"विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गर्नु सत्तापक्ष र प्रतिपक्षको मुख्य जिम्मेवारी रहेकाले यसका लागि सबै दल मिलेर कार्य गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चरकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सबै पार्टी राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने र कुनै पनि दललाई संविधान कार्यान्वयनको विषयमा व्यवधान खडा नगर्न आग्रह गरे । नेपाली काँग्रेस सरकारमा सहभागी नभए पनि मुलुक र समाजलाई अगाडि बढाउने कार्यमा सहमतिका साथ अघि बढ्नुपर्नेमा उनको जोड थियो । वर्तमान सरकार मुलुक बनाउने सङ्कल्पका साथ अघि बढिरहेकाले अब आउने बजेट समृद्धिको बजेट हुने भन्दै प्रधानमन्त्रीले अबको बजेट विगतको जस्तो परम्परागत नभई जनताले सम्झनेखालको समग्र मुलुकको विकासका पक्षमा हुने जानकारी गराए । मधेसको सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले मधेसको समस्या वार्ता र छलफलबाट समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउँदै उनले द्वन्द्व र भिडन्तबाट सहमति कायम नहुने भएकाले मधेसी मोर्चालाई पनि सहमतिबाट समस्याको समाधान खोज्न सुझाव दिए । उनले सीमाङ्कनको विषय टुङ्ग्याउन राजनीतिक समिति गठन गरेर सरकारले त्यसको संयोजकसमेत तोकिसकेकाले समितिलाई पूर्णता दिन मोर्चालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुकको समस्या समाधान गर्नका लागि सरकारले चाँडै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: