Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

क्षेत्रीको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा

\"suryakumar-chhetri-harekpal\" काठमाडौं । गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको शव श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिएको छ । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका सचिवसमेत रहेका क्षेत्रीलाई श्रज्ञाञ्जली दिन कांग्रेस नेताहरु मिनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, गगन थापा शुक्रबार विहान प्रज्ञा भवन पुगेका थिए । क्षेत्रीको शुक्रबार नै दाहसंस्कार गरिने पत्रकार जीवन भण्डारीले जानकारी दिए । परिवारको चाहना अनुसार उनको शव स्याङजा नै लगिने भएको छ । ब्रेन ट्युमरको विरामी क्षेत्रीको विहीबार बेलुका ८ बजे अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो । स्याङ्जा पिँडीखोलाका क्षेत्री चर्चित गीतकार पनि हुन् । उनका दर्जनबढी गीतहरु निकै चर्चित छन् । धोका दिनेलाई के भनौ र खोई तिमी हाँस भो, मै बसुँला रोई,  ‘डाली पलायो’, ‘सुन्तला फूल खेल्दै आयो’ लगायतका चर्चित लोक गीत क्षेत्रीले लेखेका हुन् । पाल्पाबाट पत्रकारिता थालेका क्षेत्रीले पाल्पाका गाउँले देउराली, नवजनचेतना, पाल्पा टाइम्स, श्रीनगर एफएम, पश्चिमाञ्चल एफएम हुँदै उज्यालो एफएममा काम गरेका थिए । गीत संगीतमा उत्तिकै अभिरुची राख्ने क्षेत्री पछिल्लो समय नेपालीकला डटकमका सम्पादक थिए । नेपाली कांग्रेस सम्पद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका सचिव क्षेत्रीलाई ब्रेन ट्युमर देखिएपछि भारतमा उपचार गरी फर्किएका थिए । निको भइ फर्किएका क्षेत्रीलाई एक्कासी रोगले च्यापेपछि बुधबार अन्नपूर्ण न्यूरोमा भर्ना गरिएको थियो । क्षेत्रीका श्रीमती र एक छोरा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: