Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

क्षेत्रीको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा

\"suryakumar-chhetri-harekpal\" काठमाडौं । गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको शव श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिएको छ । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका सचिवसमेत रहेका क्षेत्रीलाई श्रज्ञाञ्जली दिन कांग्रेस नेताहरु मिनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, गगन थापा शुक्रबार विहान प्रज्ञा भवन पुगेका थिए । क्षेत्रीको शुक्रबार नै दाहसंस्कार गरिने पत्रकार जीवन भण्डारीले जानकारी दिए । परिवारको चाहना अनुसार उनको शव स्याङजा नै लगिने भएको छ । ब्रेन ट्युमरको विरामी क्षेत्रीको विहीबार बेलुका ८ बजे अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो । स्याङ्जा पिँडीखोलाका क्षेत्री चर्चित गीतकार पनि हुन् । उनका दर्जनबढी गीतहरु निकै चर्चित छन् । धोका दिनेलाई के भनौ र खोई तिमी हाँस भो, मै बसुँला रोई,  ‘डाली पलायो’, ‘सुन्तला फूल खेल्दै आयो’ लगायतका चर्चित लोक गीत क्षेत्रीले लेखेका हुन् । पाल्पाबाट पत्रकारिता थालेका क्षेत्रीले पाल्पाका गाउँले देउराली, नवजनचेतना, पाल्पा टाइम्स, श्रीनगर एफएम, पश्चिमाञ्चल एफएम हुँदै उज्यालो एफएममा काम गरेका थिए । गीत संगीतमा उत्तिकै अभिरुची राख्ने क्षेत्री पछिल्लो समय नेपालीकला डटकमका सम्पादक थिए । नेपाली कांग्रेस सम्पद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका सचिव क्षेत्रीलाई ब्रेन ट्युमर देखिएपछि भारतमा उपचार गरी फर्किएका थिए । निको भइ फर्किएका क्षेत्रीलाई एक्कासी रोगले च्यापेपछि बुधबार अन्नपूर्ण न्यूरोमा भर्ना गरिएको थियो । क्षेत्रीका श्रीमती र एक छोरा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending