Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बन्ने भो गणतन्त्र नेपालको ‘राष्ट्रिय परिचयपत्र’

\"nationalकाठमाडौं । संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले राष्ट्रिय परिचयपत्र निर्माणका क्रममा अनियमितता नभएको प्रतिवेदन दिएपछि राष्ट्रिय परिचयपत्र निर्माणको बाटो खुलेको छ । उपसमितिको प्रतिवेदनको आधारमा लेखा समितिले राष्ट्रिय परिचयपत्र सम्बन्धी रोकिएको काम तत्काल सुरु गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतको उपस्थितिमा बसेको बिहीबारको बैठकमा समितिले परिचयपत्रको रोकिएको काम तत्काल अघि बढाउन निर्देशन दिएको हो । सांसद् रामहरि खतिवडाको अध्यक्षमा गठित उपसमिति परिचयपत्र निर्माणमा अनयमितता नदेखिएको प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । अनियमितताको आशंक हटेपछि लेखा समितिले राष्ट्रिय परिचयपत्रको समग्र प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको हो । नेपाली नागरिकता पाउने हरेक नागरिकलाई सरकारले ‘राष्ट्रिय परिचय पत्र’ प्रदान गर्ने निर्णय गरेको थियो । समितिको बैठकले राष्ट्रिय सुरक्षा, आवश्यकता र चाहनालाई ख्याल गरेर प्रक्रिया सुरु गर्न र चाँडोभन्दा चाँडो नागरिकले परिचयपत्र पाउने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । वैठकमा परिचयपत्र छपाइका क्रममा विदेशीलाई दिन नहुने अधिकांस सांसदहरुले जोड दिएका थिए । दुई वर्षअघि नै सन् २०१३ बाटै प्रक्रिया सुरु भएको भए पनि प्रारम्भमै अनियमिताको आवाज उठेपछि प्रक्रिया रोकिएको थियो । लेखा समितिको वैठकमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सरकारले राष्ट्रिय परिचयपत्र लागू गर्न लागेको बताए । उनले त्यसमा सहजीकरण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । राष्ट्रिय परिचयपत्र लागू गरेर त्यसबाट मुलुक, सरकार र आमनागरिकले लाभ लिने प्रधानमन्त्रीले बताए । समितिको बैठकमा उपस्थित गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि परिचयपत्र छपाइ, त्यसमा रहने सूचनामा आवश्यक पर्ने सबै सुरक्षा दिन गृह मन्त्रालय तयार रहेको बताए । गृहसचिव नारायणगोपाल मलेगोले सरकारको निर्देशनका आधारमा मेसिन सञ्चालन हुने, नाजायज व्यक्तिको प्रवेश नहुने र सफ्टवेयरमा तोकिएको व्यक्तिभन्दा अरुले चलाए पत्ता लाग्ने भएकाले अनियमितता हुन्छ कि भन्ने आशङ्का गर्ने ठाउँ नै नभएको बताए । सरकारले नागरिकतालाई विस्थापन गर्दै व्यक्तिको सम्पूर्ण विवरण रहने गरी राष्ट्रिय परिचयपत्र लागू गर्न लागेको छ । सो परियोजनामा एसियाली विकास बैंकले लगानी गर्नेछ । सरकारको आर्थिक वर्ष ०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी तस्बिरसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending