Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यस्ता यौन पिपासु, जसले दुई नाबालिकासमेत छाडेन

\"Sanjya-Bharati\"सल्यान । सल्यानको छायाँ गाविसमा एक युवकले परस्त्रीसँग यौनसम्बन्ध राख्न नपाएको झोंकमा दुई नाबालिकसहित चार जनाको हत्या गरेको खुलासा भएको छ । सल्यानको छायाँ गाविस–९ मा मंगलबार राती दुई नाबालकसहित एकै परिवारका चार जनाको हत्या भएको थियो । श्रीमान विदेश भएका कारण दुई छोरीका साथमा रहेकी सीता खाँड ठकुरी र उनकी बहिनी गीताको एकै साथ हत्या भएको थियो । भिनाजु नभएका कारण गीता दिदीलाई साथ दिन सीताको घरमा बस्दै आएकी थिइन् । चारै जनाको शव बुधबार विहान मात्रै स्थानीय फेला पारेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छायाँ गाविस–९ कै २० वर्षीय सञ्जय भारतीलाई पक्राउ गरेको थियो । भारतीले आफूले हत्या गरेको प्रहरीसामु स्वीकार गरेका छन् । भारतीले रक्सीको नशामा महिला केटाकेटी मात्रै रहेको सीतको घरमा सीता र गीतासँग यौन प्रस्ताव राखेको र महिला प्रस्ताव अस्वीकार गर्दा दुई बालिकासहित चारै जनाको हत्या गरेको प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले खुलासा गरेको हो । श्रीमान विदेशमा भएका मौका पारेर रक्सीको नशामा महिलाहरु मात्रै रहेको घरमा जर्बजस्ती गर्न गएका भारतीले महिलाहरुको प्रतिबादपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्तिमगर बताए । रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र साली गीताको मंगलबार राती हत्या भएको थियो । उनीहरुलाई भारतीले भैंसी बाध्ने किलाले हानेर हत्या गरेको भन्दै घटनाबारे जानकारी गराएको छ । भारतीले दुई सन्तानकी आमा सीतालाई पहिला यौन प्रस्ताव राखेका थिए । उनले अस्वीकार गरेको र त्यसपछि उनकी बहिनीलाई जर्बजस्ती गर्न खोज्दा उनीहरुले प्रतिबाद गरेका थिए । दिदीबहिनीको प्रतिवादपछि भारतीले दुई दिदीबहिनी र दुई बालिकाको समेत हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: