Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यस्ता यौन पिपासु, जसले दुई नाबालिकासमेत छाडेन

\"Sanjya-Bharati\"सल्यान । सल्यानको छायाँ गाविसमा एक युवकले परस्त्रीसँग यौनसम्बन्ध राख्न नपाएको झोंकमा दुई नाबालिकसहित चार जनाको हत्या गरेको खुलासा भएको छ । सल्यानको छायाँ गाविस–९ मा मंगलबार राती दुई नाबालकसहित एकै परिवारका चार जनाको हत्या भएको थियो । श्रीमान विदेश भएका कारण दुई छोरीका साथमा रहेकी सीता खाँड ठकुरी र उनकी बहिनी गीताको एकै साथ हत्या भएको थियो । भिनाजु नभएका कारण गीता दिदीलाई साथ दिन सीताको घरमा बस्दै आएकी थिइन् । चारै जनाको शव बुधबार विहान मात्रै स्थानीय फेला पारेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छायाँ गाविस–९ कै २० वर्षीय सञ्जय भारतीलाई पक्राउ गरेको थियो । भारतीले आफूले हत्या गरेको प्रहरीसामु स्वीकार गरेका छन् । भारतीले रक्सीको नशामा महिला केटाकेटी मात्रै रहेको सीतको घरमा सीता र गीतासँग यौन प्रस्ताव राखेको र महिला प्रस्ताव अस्वीकार गर्दा दुई बालिकासहित चारै जनाको हत्या गरेको प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले खुलासा गरेको हो । श्रीमान विदेशमा भएका मौका पारेर रक्सीको नशामा महिलाहरु मात्रै रहेको घरमा जर्बजस्ती गर्न गएका भारतीले महिलाहरुको प्रतिबादपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्तिमगर बताए । रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र साली गीताको मंगलबार राती हत्या भएको थियो । उनीहरुलाई भारतीले भैंसी बाध्ने किलाले हानेर हत्या गरेको भन्दै घटनाबारे जानकारी गराएको छ । भारतीले दुई सन्तानकी आमा सीतालाई पहिला यौन प्रस्ताव राखेका थिए । उनले अस्वीकार गरेको र त्यसपछि उनकी बहिनीलाई जर्बजस्ती गर्न खोज्दा उनीहरुले प्रतिबाद गरेका थिए । दिदीबहिनीको प्रतिवादपछि भारतीले दुई दिदीबहिनी र दुई बालिकाको समेत हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending