Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कता हराए वार्इसीएलका 'डन' चन्द्रबहादुर थापा उर्फ सागर ?

\"Chandra-Bahadur-Thapa-Sagar-1\" काठमाडौं । कुनै बेला सागर भनेपछि काठमाडौंका डनहरु पनि त्राहिमाम हुन्थे । खोलादेखि बन, चुल्ठेमुन्द्रेदेखि डनसमेतलाई पकडमा राख्न सफल भएका चन्द्रबहादुर थापा उर्फ सागर अहिले भने गुमनाम जस्तै छन् । त्यो बेला सागर त्यसै चर्चामा आएका भने थिएनन्, माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को काठमाडौंको नेता भएर नै चर्चामा आएका थिए । वाईसीएलको क्रियाशिलता र सक्रियतादेखेर चुल्ठेमुन्द्रे ठनहरु मात्र त्राहिमाम् भएनन्, अन्य राजनीतिक दलहरुसमेत आतंकित बने । वाईसीएलको गतिविधिकै कारण बेलाबेलामा माओवादीसमेत विवदित बन्यो । अन्य राजनीतिक दलहरुले वाईसीएल विघटन गर्नुपर्ने अन्यथा शान्ति प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै गैरमाओवादी दलहरुले चेतावनी नै दिए । शान्ति प्रक्रियामा आएसँगै देशब्यापी रुपमा नै आफ्नो सक्रियता बढाएको वाईसीएलको केन्द्रीय नेता गणेशमान पुन ‘रश्मी’ थिए भने सागर वाईसीएलको काठमाडौं इन्चार्ज थिए । .. \"ycl काठमाडौंमा हाइहाइ भएका वाईसीएल नायिका रेखा थापालाई बहिनी बनाएर भाइटीका गरेर पनि एक पटक चर्चामा आएका थिए । यी दुवै युवाहरु संविधानसभाका सदस्य भएसँगै वाईसीएलको सक्रियता पनि घट्दै गयो भने माओवादीहरु पनि विभाजित हुँदै गए । विभाजित माओवादीसँगै वाईसीएलका ठिटाहरु पनि विभाजित भए । फलस्वरुप वाईसीएल विघटनकै अवस्थामा पुग्यो  । त्यतिबेलाका वाईसीएलका केन्द्रीय नेता गणेशमान पुन अहिले तेल मन्त्री छन् । उनी तेल मन्त्री भएकैबेला भारतले नाकाबन्दी गरेर इन्धन संकट उत्पन्न गरायो भने इन्धनमा कालोबजारी र तस्करी अहिले पनि ब्याप्त छ । वाईसीएलका तत्कालिन काठमाडौं इन्चार्ज रहेका सागर सभासद भएपछि राज्यका केही ढुकुटी लिएर संसदीय राजनीतिमा रमाउन थाले । आफ्नो निर्वाचन क्षेत्र गुल्मीमा विकाश निर्माणमा केन्द्रित भए । त्यसपछि भने पार्टीको निर्णयबिना नै वेरोजगार युवा संघ गठन गरेर चर्चामा आउन खोजे । बेरोजगारको नेता बनेका सागर पछिल्लो समय भने एमाओवादीका काठमाडौं उपाध्यक्ष छन् । तर उनी पार्टीमा क्रियाशील भने छैनन् । \"sagar पार्टीमा निश्क्रियजस्तै रहेका सागरले बुधबार मात्रै पार्टी उपाध्यक्षबाट पनि राजिनामा दिएका छन् । अहिले सामाजिक अभियानको मुख्य जिम्मेवारीको कारण जनाउँदै उनले पार्टी उपाध्यक्षबाट राजिनामा दिएका छन् । उनको सामाजिक अभियान भनेको त्यही बेरोजगार युवाहरुको संगठन हो । ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ नामक संस्थाका १२ युवाले राजधानीको खुलामञ्चमा रोजगारीको माग गर्दै बसेको अनसनमा सागर झुल्किएका छन् । उनले उक्त अभियानमा आफ्नो एक्यवद्धता पनि जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending