Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नयाँ प्रविधि: बाढीले भासिएको दुईतले पक्की घर उठाइयो

\"Rss_Images_1461729225346_20160424_101248-750\"गौशाला । दुई वर्षपहिले महोत्तरी जिल्लाको बदिया बन्चौरी गाविसमा रातु खोलामा आएको बाढीले जमिनमुनि भासिएको एउटा दुईतले घर भारतीय प्राविधिकले विशेष प्रविधिबाट उठाउन सफल भएका छन् । जिल्लाको अभिशाप मानिएको रातु खोलाको पश्चिमी किनारामा अवस्थित बदिया बन्चौरी गाविस–४ बस्ने रामेश्वर साफीले एक हजार वर्गफिटमा बनाएको आठ कोठासहितको दुईतले घर २०७१ साल साउनमा आएको भीषण बाढीले नदी मानवबस्तीमा प्रवेश गरी उनको घरलाई जमिनमुनि गाडेको थियो । रातुले पूरै घर जमिनमुनि भासिएपछि साफीको घरको दोस्रो तल्ला जमिनको सतहसँग बराबर भएको थियो भने साफी परिवारको ठूलो आर्थिक क्षति भएको थियो । २० लाख नेपाली रुपैयाँ खर्चेर बनाएको दुईतले घरमा दुई महिना पनि बस्न नपाउँदै बाढीले साफी परिवारलाई घरबारविहीन बनाएको पीडित रामेश्वर साफीले बताए । दुई वर्षसम्म के गर्ने, कहाँ बस्ने र भासिएको घरलाई के गर्ने भन्ने सोचमै रुमल्लिरहेका साफीले भारतमा भासिएको घर उठाउने व्यक्तिहरु रहेको थाहा पाएपछि एक महिनाअगाडि उनले पनि आफ्नो भासिएको घर उठाउने भन्दै भारत गएका थिए । पीडित साफी भारत विहारको बाढीले बर्सेनि प्रभावित हुने मधेपुरा जिल्ला पुगेपछि उनको मुहारमा खुसी छाएको उनले बताए । उनले मधेपुरा जिल्लाको कटहरवा ग्राम पञ्चायत बस्ने प्राविधिक नन्दकिशोर यादव, सर्वेश कुमार र रणधिर यादवलाई भेटेर आफ्नो सबै कथा सुनाएपछि उनीहरुले साफीको भासिएको घर उठाइदिने बताएपछि साफीले उनीहरुलाई नेपाल आउन आग्रह गरे । त्यसपछि मात्रै १० दिनअगाडि फलामका ज्याक, टेको र मुढासहित बदिया बन्चौरीमा आएर भारतीय प्राविधिकले साफीको भासिएको घर उठाउन सफल भएका छन् । पाँच÷छ जनाको सङ्ख्यामा आएका ती प्राविधिकले त्यही ज्याक, टेको र मुढाको सहयोगमा भासिएको पक्की घरलाई जरैदेखि उठाउन सफल भएका छन् । भासिएको बेला भुइँबाटै दोस्रो तलामाथि चढेर जाने अवस्था रहेको त्यस घरलाई अहिले जमिनमाथि पहिलो र दोस्रो तल्ला बनाइदिएपछि स्थानीयवासीसहित वरपरका सयौँ व्यक्ति त्यस घरलाई हेर्न घुइँचो लाग्ने गरेको छ । भारतीय प्राविधिकले भासिएको त्यो घर उठाउन साफी परिवारसँग पारिश्रमिकका रुपमा प्रतिवर्गफिट २५० रुपैयाँ लिएको मुख्य प्राविधिक रणधिर यादवले बताए । उनले आफूहरु जस्तोसुकै बाढीले भासिएको तथा भूकम्पमा बाङ्गोटिङ्गो बनाएका घर, पसल, उद्योग, कलकारखाना, पुलपुलेसा सबै पहिलेकै अवस्थामा ल्याइदिने दाबी गरेका छन् । मात्र १० दिनको समयमा साफी परिवारको दुईतले भासिएको घर ठड्याउन सफल भएका भारतीय प्राविधिक अब सडकभन्दा तल रहेको बदिया बन्चौरी गाविस कार्यालयको भवन माथि उचाल्ने काम गर्ने सो गाविसका प्राविधिक सहायक विमलकिशोर झाले बताए । भारतीय प्राविधिकले भासिएको घर उठाएको देखेपछि अहिले गतबर्ष वैशाख १२ गते भूकम्पले घरबारविहीन बनाएका अन्य हजारौँ नेपालीलाई पनि आशा जागेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending