Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राष्ट्रिय आन्दोलन घोषणा गरेका मधेसी नेताहरु मधेसतिरै झरे

\"madheshi काठमाडौं । सात महिनाभन्दा बढी समय मधेस आन्दोलन चर्काएका मधेसवादी दलहरुले राष्ट्रिय आन्दोलन घोषणा गरे पनि आन्दोलनका लागि फेरि मधेसमा मात्रै केन्द्रित भएका छन् । लामो आन्दोलन र पचासौं जनाको मृत्यु हुँदा पनि राज्यले नसुनेको भन्दै राष्ट्रब्यापी आन्दोलन घोषणा गरेका मोर्चाका नेताहरु आन्दोलनका लागि मधेसतिरै झरेका हुन् ।  विभिन्न २७ वटा दल तथा समूह र समितिहरुको नाम दिएर संघीय गठबन्धनको आयोजनामा वैशाख १५ अर्थात बुधबारदेखि आन्दोलन घोषणा गरिएको छ । यसअघिका आन्दोलन कठोर भएको र मधेसका जनताले नै कष्ट भोग्नुपरेको भन्दै जनतालाई कष्ट नहुने आन्दोलन घोषणा गरेको जनाएको मोर्चाका नेताहरु आन्दोलन चर्काउनका लागि मधेस नै उपयुक्त ठानेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध सात दल तथा अन्य विभिन्न जातीय मोर्चा तथा प्रदेशिक समितिहरु रहेको संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार देशैभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने रहेको छ । बुधबारदेखि आन्दोलन चर्किने भएका मोर्चाका सबैजसो नेताहरु मधेस झरिसकेको संघीय समाजवादी फोरमका एक नेताले बताए । १५ दिने आन्दोलनका घोषित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, र्याली–प्रदर्शन–कोणसभाहरु गर्ने तथा सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने रहेका छन् । आन्दोलनका सामान्य कार्यक्रम भएपनि १५ दिनको अवधिमा आन्दोलनकारीहरुलाई राजधानी केन्द्रित गराउने योजना मोर्चाका नेताहरुले बनाएका छन् । तर मधेसकै आन्दोलन दबाएको सरकारले राष्ट्रिय आन्दोलन प्रभावकारी बनाउन सकिनेमा मोर्चाकै विश्वस्त छैनन् । त्यसैले उनीहरु मधेसमै फेरि आन्दोलन उठाउन मधेसतिर झरेको मोर्चाका एक नेताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: