Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वैशाख २१ गते नै बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

\"singhadarbar\"काठमाडौं । सरकारले आगामी वैशाख २१ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रीपरिषदको मंगलबार सिंहदबारमा बसेको बैठकले आगामी वैशाख २१ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो । ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले सोमबार मात्रै वैशाख २१ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् । बजेट अधिवेशन बाेलाउन राष्ट्रपतिलार्इ पत्राचार गरिसकेकी छन् । मन्त्रीपरिषद्को बैठकले बैशाख २१ गते बिहान ११ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिए । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि छिटो भन्दा छिटो संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेको थियो । नयाँ संविधानमा बार्षिक बजेट १५ जेठभित्र पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदको बजेट अधिवेशनमा बैठकमा प्रि–बजेटमा छलफल हुनेछ । तीन भारतीयको नेपाली नागरिकता खारेज भारतीय नागरिकले झुटो विवरण पेश गरी रुपन्देही जिल्लाबाट लिएको नेपाली नागरिकता सरकारले खारेज गरेको छ । भारतीय नागरिक महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्रको नेपाली नागरिकता, नेपाल नागरिकता ऐन, २०६३ को दफा १४ (१) वमोजिम रद्द गरि नेपाली नागरिकबाट हटाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको सरकारका प्रवक्ता राईले जानकारी दिए । गरीब घर परिवार सहयोग समन्वय बोर्डमा तिवारी मन्त्रिपरिषद बैठकले गरीब घर परिवार सहयोग समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा स्याङ्जाका जनकलाल तिवारीलाई नियुक्त गरेको छ । यस्तै, मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सहसचिवहरु खोमराज कोइराला, रमेशकुमार केसी, सुमन दाहाल, नारायणप्रसाद सापकोटा, जितेन्द्र बस्नेत, शिवराम न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरेको छ । यसैगरी हरिराम शर्मालाई अर्थ मन्त्रालयमा र झलकराम अधिकारी, यमलाल भुषाल, यज्ञराज कोइराला, बलराम रिजाल र ईश्वरराज पौडेललाई अतिरिक्तमा पदस्थापन गरिएको मन्त्री राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: