Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

देउवाको दिल्लीमा खतरनाक चाल

\"deuba-poudel-1\"काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । कांग्रेस सभापति देउवा दिल्लीमा हुँदा कांग्रेस महामन्त्री डा.शशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेल अमेरिकामा छन् । कांग्रेसका सबै नेताहरु आ–आफ्नो पारिवारिक काम देखाउँदै विदेशतिर हान्निएका छन् । महामन्त्री डा.शशांक र बरिष्ठ नेता पौडेलको अमेरिका यात्राले खासै राजनीतिक अर्थ नराखे पछि सभापति देउवाको भारत भ्रमण भने निकै अर्थपूर्ण मानिएको छ । देउवा भारत जानुअघि आफ्नी पत्नी तथा सांसद आरजु राणाको उपचारको लागि दिल्ली जान लागेको जानकारी गराइएको थियो । नितान्त उपचारका लागि जाने भएकाले देउवाको कुनै राजनीतिक भेटघाट नहुने देउवाको सचिवालयले दाबी गरेको थियो । देउवाको दिल्ली भ्रमणअघि कांग्रेसका हिन्दु राज्य पक्षधर नेता खुमबहादुर खड्का र भारतका एक नम्बरका दूत कहलिएका सांसद अमरेश कुमार भारत गएका थिए । संशयपूर्ण दिल्ली भ्रमण खुमबहादुर र अमरेशको भारत भ्रमणपछि देउवाको दिल्ली भ्रमणलाई निकै अर्थपूर्ण हुने आशंका ब्याप्त थियो । देउवाको दिल्ली भ्रमणमा जस्तो आशंका थियो, त्यस्तै देखिएको छ । आरजुको स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली गएका देउवाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख राजिन्दर खन्नासँग दिल्लीमै भेट गरे । कुनै राजनीतिक खेलका लागि नेपालका नेताहरूले रअका एजेन्टहरू भेट्ने गर्छन् । जुन अाफैमा अवैध मानिन्छ । देउवा मात्र हाेइन, रअ प्रमुखलार्इ यसरी भेट गर्नेमा कांग्रेस, एमाले र माअाेवादीकै नेताहरू छन् । ‘रअ’ प्रमुखलाई खन्नासँग भेट गरेका उनले कट्टर हिन्दुवादी नेताहरुसँग पनि भेट गरेका छन् । देउवाले यहि मौकामा भारतमा विवादित राष्ट्रिय स्वयंसेवक संघका महामन्त्री राममाधव सिंहसँग पनि भेट गरेका छन् । भारतीय सरकारको नेतृत्व गरिरहेको कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टी (बीजेपी)को निर्णायक पनि संघ हुने गरेको छ । हिन्दु राज्य बनाउने बिगतकै प्रतिवद्धता नेपालमा नयाँ संविधान जारी हुनुअघि भारत गएका देउवाले आफूलाई प्रधानमन्त्री बनाइए हिन्दु राज्य बनाउने प्रतिवद्धता भारतसँग गरेका थिए । जसको निकै चर्चा पनि भएको थियो । उनै देउवा अबको कांग्रेसको प्रधानमन्त्रीका प्रमुख दाबेदार छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट हिन्दु राज्य पक्षधर नेताहरुको ‘पावर’मा छन् । नेपालको संविधानमा उल्लेख भएको धर्म निरपेक्षताबारे पुनर्विचार गर्नुपर्ने भनी सार्वजनिक अभिब्यक्ति दिएका बीपीपुत्र शशांक रामचन्द्र पौडेलको समूहबाट उठेर पनि महामन्त्रीमा सहज जित हात परे भने हिन्दु राज्यको पक्षमा राप्रपा नेपालसँग मिलेर सडकमै उत्रिएका खुमबहादुर खड्का पनि लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । दिल्ली दौडाहामा रहेका देउवा बुधबार स्वदेश फर्किँदै छन् भने बुधबारदेखि नै मधेसवादी दलहरुले आन्दोलन चर्काउँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: