Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अमेरिकी विदेश मन्त्री जोन केरी नेपाल आउने

\"johnकाठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरी नेपाल आउने भएका छन् । उनी आगामी सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने भएका हुन् । अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अमेरिकी विदेशमन्त्री केरीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उपप्रधानमन्त्री थापाको निम्तो स्वीकार्दै केरीले आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने जवाफ दिएको परराष्ट्र स्रोतले जनाएको छ । पराष्टमन्त्री थापासँग सोमबार वासिङटन डिसीमा भेटवार्ताका क्रममा विदेश मन्त्री केरीले नेपालको संविधान बनेकोप्रति खुसी व्यक्त गरेका थिए । अघिल्लो हप्ता न्युयोर्क आइपुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अब मुलुकको विकासमा ध्यान दिनुपर्ने भन्दै आफ्नो मुलुक भित्रको समस्या आफै समाधान गर्न नेपाली स्वयं सक्षम रहेको बताएका थिए । उपप्रधानमन्त्री थापासँगको भेटका क्रममा अमेरिकी पक्षबाट राजनीतिक मामिला हेर्ने उपमन्त्री, दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री र अन्य दुई अधिकारी पनि सहभागी थिए । नेपाली टोलीमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नियोग उपप्रमुख ऋषि घिमिरे र मन्त्रालयका उपसचिव भरत रेग्मीको सहभागिता थियो । उपप्रधानमन्त्री थापा सोमवार अमेरिकाको मेरिल्याण्डमा प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending