Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कनकमणिलाई रिहा गर्न भन्दै नागरिक अगुवा र मानवअधिकारकर्मीको वक्तब्यबाजी

\"kanakmani-arrest\"काठमाडौं । नागरिक अगुवा तथा केही प्राज्ञिक वर्ग र मानवअधिकारकर्मीहरुले भ्रष्टाचार आरोपमा अख्तियारद्वारा पक्राउ परेका कनकमणि दीक्षितलाई रिहा गर्न माग गर्दै वक्तब्यबाजी गरेका छन् । उनीहरुले दीक्षितलाई सरकारी निकायको पद धारण नगरेका कर्मठ, निश्चल र प्रबुद्ध नागरिकको संज्ञा दिएका छन् । साझा यातायातका अध्यक्षसमेत रहेका हिमाल मिडियाका मालिक दीक्षितको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले बयानका लागि बोलाउँदा अटेरी गरेपछि शुक्रबार उनकै पाटनढोकाबाट पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरे लगत्तै उच्च रक्तचापका कारण बीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएका दीक्षितलाई विशेष अदालतले सोमबार मात्रै १० दिन हिरासतमा राख्न आदेश दिएको थियो । विदेश अदालतको आदेशपछि तीन दर्जन बढी नागरिक अगुवा तथा प्राज्ञिक भनिएका ब्यक्तिहरुले नै विज्ञप्ति जारी गरी दीक्षितलाई रिहा गर्न दबाब दिएका छन् । अख्तियारले आफ्नो कार्यक्षेत्रको दायरा बाहिर गएर निश्चल दीक्षितलाई दोषी साबित गर्ने कसरत गरिएको उनीहरुको आरोप छ । यसअघि केही विदेशी पत्रकारहरुले पनि दीक्षितलाई छाड्न दबाब दिएका थिए । उनलाई छाड्न दबाब दिएकोमा अख्तियारले आपत्ति जनाइसकेको छ । यी हुन्, दीक्षितलाई छाड्न दबाब दिने प्राज्ञिक वर्ग डा.अनुप पहारी, डा अरुणा उप्रेती, कपिल श्रेष्ठ, डा. कुन्दन अर्याल, केदारभक्त माथेमा, केदार शर्मा, चरण प्रसाइँ, डा. तीर्थबहादुर श्रेष्ठ, ट्रिपल गुरुङ, थोमस वेल, दिनेश त्रिपाठी, दीप श्रेष्ठ, दीपक थापा, ध्रुव वस्नेत, प्रा. निर्मलमान तुलाधर, निलाम्बर आचार्य, डा. नोबल किशोर राई, प्रत्युष वन्त, भिक्टर प्रधान, मोहन मैनाली, यज्ञराज थापा, रम्यता लिम्बु, डा. राजेन्द्र प्रधान, रामशरण सेढाइँ, वसन्त थापा, विप्लव प्रतीक, शंकर तिवारी, शेखर खरेल, संगीता लामा, सरिता मिश्र, डा. सरोज धिताल, सुबोध प्याकुरेल, सुशील प्याकुरेल, सुविना श्रेष्ठ, सोम निरौला, हरि शर्माले संयुक्त विज्ञप्ति निकालेर दीक्षितलाई रिहा गर्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending