Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जनयुद्धकालिन मुद्दाविरुद्ध लड्न अदालतपीडितले बनाए छुट्टै संगठन

\"adalat-Pidit-Sangh\" काठमाडौं । जनयुद्धकालिन मुद्दा सत्यनिरुपण मेलमिलाप आयोगमार्फत टुंगो लगाउने भनिए पनि मुद्दा फिर्ता नलिएपछि अदालत पीडितहरु संगठित भएका छन् । सबै माओवादीमा सम्बद्ध अदालत पीडितहरुले अदालतविरुद्ध लड्न भन्दै छुट्टै संगठन निर्माण गरेका हुन् । उनीहरुले संगठनको नाम ‘जनयुद्धको मुद्दामा अदालत पीडित संघ’ दिएका छन् । जनयुद्धकालिन मुद्दालाई आयोगमार्फत निरुपण गर्ने भनिए पनि सर्वोच्चले अदालत पुगेको मुद्दा प्रक्रिया नरोकेपछि उनीहरु संगठित भएका हुन् । बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा अदालतबाट दोषी ठहर गरिएकादेखि अदालतमा मुद्दा चलेकाहरु रहेका छन् । देशमा राजनीतिक परिवर्तनका लागि १० वर्षीय जनयुद्ध लडेका माओवादी योद्धामाथि लगाइएको मुद्दा बृहत् शान्ति सम्झौता अनुरुप बिनासर्त खारेज गर्नुपर्ने उनीहरुको माग छ । समितिमा केशव राई, मोहन खड्का, जानुका पौडेल, टंक खत्री, विन्दा मगर, चम्पा कार्की, बालकृष्ण ढुंगेल, निर्माणकुमार कामी, शंकर गिरी, अनिता घिमिरे र नारायणराज गौतम सदस्य छन् । द्वन्द्वकालिन मुद्दा खारेजी, बृहत शान्ति सम्झौताको मर्म र भावनाको पालना, बालकृष्ण ढुंगेललगायतकाको मुद्दा फिर्ता, बेलायतमा गिरफ्तार कर्णेल कुमार लामाको रिहाई लगायतका माग उनीहरुको छ । बृहत शान्ति सम्झौता विपरित अदालतले द्वन्द्वकालिन मुद्दा हेरेर मुलुकलाई अर्को द्वन्द्वमा लाने षडयन्त्र गरेको भन्दै त्यसका विरुद्ध आवाज उठाउन आफू पीडितहरु संगठिन भएको संयोजक गौतमले बताए । उनीहरुले अदालतविरुद्ध आन्दोलनका कार्यक्रमहरुसमेत घोषणा गरेका छन् । घोषित आन्दोलनका कार्यक्रम अनुसार बैशाख १३ देखि २३ गतेसम्म प्रचारप्रसार गर्ने, वैशाख २४ गतेदखि जेठ १० गतेसम्म सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने लगायत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: