Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमाले नेता पोखरेलले भूकम्पपीडितलाई आफ्नो घर आफै बनाउन भनेपछि...

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेता शंकर पोखरेलले भूकम्पपीडितलाई आफ्नो घर आफै बनाउन अपिल गरेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । पोखरेलले आफ्नो फेसबुक स्टाटसमा ‘सक्नेले आफ्नो घर आफै बनाउदा हुन्छ । सरकारको मुख ताक्नु पर्दैन ।..’ भनेका थिए । \"sankar-pokhrel पोखरेलको यस्तो स्टाटस लेखेपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सत्तोसराप गरेका छन् । \"shankar-pokhrel\"पोखरेलको स्टाटसमा दधिराम ओलीले लेखेका छन्– ‘तपाईँहरुलाई लाज लाग्दैन । तपाईँहरुलाई सामान्य रोग लाग्दा जनताको पैसाले उपचार गर्ने अलि साह्रो हुँदा हेलिकोप्टर चार्टर गरेर विदेश उपचार गर्ने, करोडौंको सम्पत्ति हुँदा नि । अनि किन जनताले आफ्नो घर आफै बनाउने ? सिंहदरबारको खाजा नास्ताको बिल कति आउँछ वर्षको ? हिजो मात्र प्रधानमन्त्रीले एक करोड भोजमा सकेको न्यूज आउँछ ।’ यस्तै, उनको स्टाटसमा राजु केसीले लेखेका छन्– ‘सक्नेलाई बनाउ भनेर भनिराख्नु पर्दैन आफै बनाउँछन् तर जसको झिटीगुन्टी केही बाँकी छैन उनीहरुलाई कति सालसम्म पालको बास गराउँछौ ? दाताहरुले दिएको रकमले स्वीटजरल्याण्डमा होटल खोल्छौ कि आयरल्याण्डमा रिसोर्ट खोल्छौ कि कार्यकर्तालाई बोनस बाँड्छौ ?’ ‘जहाँ राज्यको सम्पर्क जतासँग छैन । लाचार सरकार जो आफै तस्करी र भ्रष्टाचारमा लिहिन छ, निमुखा जनता देखाएर आफ्नो लागि मात्र काम गर्ने र वर्ष दिनसम्म जनताको लागि केही गर्न नसक्ने मुर्दा सरकारसँग के आशा गर्नु ?’– पोखरेलको स्टाटसमा राजन शर्माले कमेन्ट गरेका छन् । यसैगरी इश्वरी आचार्यले हामीजस्तो सामान्य मान्छेले भन्न मिले पनि नेताले यस्तो भन्न नमिल्ने बताएकी छन् भने मानबहादुर केसीले पनि नेताले यस्तो शब्द बोल्न नमिल्ने सुझाव दिएका छन् । हेर्नु्हाेस् ः पोखरेलको स्टाटसमा यस्ता छन् कमेन्ट ः \"shankar \"shankar \"shankar \"shankar \"shankar  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending