Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

हुम्लामा अज्ञात रोगको महामारी फैलियो, १४ जनाको मृत्यु

\"humla_district\"कालिकोट । हुम्लामा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण १४ जना मृत्यु भएको छ । जिल्लाको राया र स्याँडा गाविसमा अज्ञात रोगका कारणले १४ जनाको मृत्यु भएको हो । गत सातादेखि फैलिएको अज्ञात रोगका कारण स्याँडा गाबिस– ४ की लामती बुढा, सोही गाविस– ६ का भद्विर बुढा, वडा नम्बर ५ की ढोली बुढा र वडा नम्बर ४ का धनराज बुढाको मृत्यु भएको स्याँडाका स्थानीय छक्क बुढाले बताए । मृत्यु हुनेमा १९ बर्षदेखि ७२ वर्षसम्मको रहेको उनले बताए । यसैगरी अज्ञात रोगका कारण राया गाविसमा ७ मा जनाको मृत्यु भएको छ । गतहप्तादेखि बिरामी हुने मृत्यु हुने गरेको रायाका स्थानीय वासिन्दा बलविर रावलले बताए । रावलका अनुसार एक सातामै अचानक फैलिएको रोगले राया गाबिस वडा नं. ६ का सिरे रावल र उनकी श्रीमती लाटी रावलको मृत्यु भएको छ । श्रीमती लाटीको वैशाख ८ गते मृत्यु भएको थियो भने सिरेको वैशाख १२ गते मृत्यु भएको छ । सुुरुमा नाक, कान बुझिने, ज्वरो आउने र बिस्तारै खान मन नलाग्ने उक्त रोगले राया गाबिस–८ का ५७ वर्षका जस रावल र निजकी ५२ वार्षिय श्रीमती चिनकली रावलको समेत मृत्यु भएको छ । यस्तै, राया– की ३५ वर्षिया विष्णु रावल, ७ की ७५ वर्षकी रिउली रावल, २ का ७७ वर्षीय सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले बताए । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सुचना अधिकारी नरेशबाबु श्रेष्ठले राया ५ र स्याँडामा ४ गरी ९ जनाको मात्रै मृत्यु भएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: