Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बैद्यले पार्टी एकता नगरेपछि माओवादी कार्यालयमा तालाबन्दी

\"Kiran\" उदयपुर । एमाओवादीसँग पार्टी एकता गर्नु पर्ने बताउँदै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी उदयपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । केही समयअघि परी थापा नेतृत्वको नेकपा (एकीकृत)सँग पार्टी एकता गरेर माओवादी घटकलाई धोका दिने काम नेतृत्वबाट भएको भन्दै जिल्ला पार्टीको कार्यालयमा तालाबन्दी गरिएको हो । क्रान्तिकारी माओवादीका जिल्ला सहसंयोजक कुशल कार्की ‘जीवन’ले पार्टी अध्यक्ष किरणको नेतृत्वमा एमाओवादीसँग पार्टी एकताको विषयमा परी थापा लगायतका केन्द्रका केही नेता बाधक बनेकाले आन्दोलन स्वरुप जिल्ला पार्टी कार्यालयमा ताला लगाइएको बताए । ‘जनयुद्ध लडेका ओरिजिनल माओवादीहरु एकठाउँमा हुनुपर्छ ।’ सहसंयोजक कार्कीले भने, ‘परी थापा नेतृत्वको कम्युनिस्टसँग कुनै दम छैन । माओवादी आन्दोलनमा विचलन ल्याउने कामभन्दा केही भएको छैन ।’ आइतबार क्रान्तिकारी माओवादीको कार्यालयमा कार्कीको नेतृत्वमा आएको एक समूहले विभिन्न माग सहित तालाबन्दी गरेको हो । विशेष रुपमा विभिन्न टुक्रमा छरिएका माओवादीहरुलाई एक ठाउँमा ल्याउन जनयुद्धका जिल्लाका नेताहरु लागि पर्नुपर्ने बताइएको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहाकार सदस्य तथा प्रगतिशील कानुन व्यवसायी संघका केन्द्रीय उपाअध्यक्ष बैकुण्ठ दाहालले रगतको होली खेलेको पार्टीमा सङ्लो पानीमा ओभानो भएकाहरुको कुनै काम नभएको भन्दै परी थापा लगायतको कुनै दम नरहेको बताए । दाहालले जसरी भएपनि माओवादीहरु एकैठाउँमा आउनुपर्ने भन्दै आन्दोलन स्वरुप माओवादी एकताको जोड दिएको बताए । पार्टीका तालाबन्दी गर्ने नेता–कार्याकर्ताले केही रुपमा पार्टी एकताको लागि भन्दै तालाबन्दी गरे पनि तालाबन्दी गर्नु औचित्यहीन रहेको क्रान्तिकारी माओवादीकै जिल्ला सहसंयोजक तथा केन्द्रीय सदस्य मोहनसिंह तामाङले बताए । सहसंयोजक तामाङका अनुसार पार्टीका जिल्ला संयोजक मिनकुमार राउतले ताला लगाएको केही समयमै ताला फोडेर कार्यालय खोलेका थिए । तालाबन्दी गर्ने समूहसँग छलफलसमेत गरेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: