Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

संघीय गठबन्धन पनि ३३ दलीय मोर्चा बन्ने खतरा

\"madheshi काठमाडौं । तराई–मधेसमा सात महिना बढी आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले वैशाख १५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर कोणसभा, जुलुस प्रदर्शन, र्याली जस्ता आन्दोलनको कार्यक्रम संघीय गठबन्धनले गरेको छ । सात महिनाको मधेस आन्दोलनमा चार महिना मधेसमा कठोर आन्दोलन गरेको चार दलीय मोर्चाले नै अहिले २७ दलीय गठबन्धन बनाएर आन्दोलनको घोषणा गरेको छ । चार महिना कठोर आन्दोलन गर्दा पनि आफूहरुको माग पूरा नभएको भन्दै मोर्चाले अबको आन्दोलन मधेसमा मात्र केन्द्रित नगरी राष्ट्रब्यापी बनाउने घोषणा गरेको छ । भारतीय नाकामा धर्नादेखि तराई–मधेसमा अनिश्चितकालिन हड्तालका क्रममा ५५ जना भन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाए । त्यही चार दलीय मधेसी मोर्चाले सात दलीय मोर्चा हुँदै अहिले २७ दलीय संघीय गठबन्धन बनाएको छ । शान्तिबाटिकामा झुल्किने विचित्रको मोर्चा मधेसी मोर्चाले जस्तै यसअघि मोहन वैद्य नेतृत्वको माओवादीले पनि ३३ दलीय मोर्चा गठन गरेर आन्दोलन गर्यो । त्यो मोर्चा अहिले पनि विघटन भएको छैन । ३३ दलीय राष्ट्रिय मोर्चाको संयोजक पनि माओावादी अध्यक्ष वैद्य नै छन् । त्यो मोर्चा अहिले पनि बेला बेलामा रत्नपार्कको शान्तिबाटिकामा झुल्किने गर्छ । वैद्यकै ३३ दलीय मोर्चामा रहेका केही दलहरुले असन्तुष्टी समानान्तर ३३ दलीय मोर्चा बनाएका छन् । उनीहरुले पनि आफ्नो मोर्चामा ३३ दल रहेको भन्दै ३३ दलीय राष्ट्रिय मोर्चा नै नाम दिएको छ । ती ३३ दलीय मोर्चाको आन्दोलनको केन्द्र भनेको रत्नपार्कको शान्ति बाटिका हो । उनीहरुले शान्तिबाटिकाका सडकमा हिड्ने बटुवाहरु हुने भएकाले पनि त्यो ठाउँलाई आन्दोलनको केन्द्र बनाउने गरेका छन् । तर ती दुवै ३३ दलीय मोर्चाको आन्दोलनमा ३३ जना कार्यकर्ता पनि सडकमा देखिदैनन् । ३३ दलकै नेताहरु संघीय गठबन्धनमा वैद्य माओवादी नेतृत्वको मोर्चा तथा उनै वैद्यसँग अनुसन्तुष्ट समानान्तर मोर्चाकै नेताहरु अहिले मधेसी मोर्चा नेतृत्वको संघीय गठबन्धनमा आवद्ध छन् । यसअघि उनीहरु नै कहिले वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, कहिले वैद्य विरोधी समानान्तर ३३ दलीय मोर्चा त कहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाका नेताहरु अहिले मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनमा छन् । ३३ दलीय मोर्चामा रहेका संघीय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन समाजवादी पार्टी लगायतका दलहरु नै अहिले मधेस गठबन्धनतिर लागेका छन् । ३३ दलीय मोर्चामा रहेका केही नेताहरुलाई समेटेर विभिन्न प्रादेशिक संघर्ष समितिहरु बनाइएका छन् । ती सबै गरेर मोर्चाको अहिले २७ दलीय गठबन्धन बनेको छ । राष्ट्रब्यापी आन्दोलन घोषणा गरेको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ भन्ने नारालाई उनीहरुले अभियानकै रुपमा प्रचार गर्ने र जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन् । एकाध कार्यकर्ताहरु पनि नभएका ब्यक्तिहरुको दललाई समेटेर बनाइएको मधेसी मोर्चाको गठबन्धनले आन्दोलन चर्काउँछ भन्नेमा सरकारलाई मात्र होइन, आम नागरिकसमेत विश्वस्त छैनन् । लामो समय मधेसमा मात्रै केन्द्रित भएको आन्दोलनलाई पूर्णता दिन नसकेको मधेसी दलहरुले राष्ट्रिय आन्दोलन चर्काउन सक्ने सम्भावना देखिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: