Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संघीय गठबन्धन पनि ३३ दलीय मोर्चा बन्ने खतरा

\"madheshi काठमाडौं । तराई–मधेसमा सात महिना बढी आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले वैशाख १५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर कोणसभा, जुलुस प्रदर्शन, र्याली जस्ता आन्दोलनको कार्यक्रम संघीय गठबन्धनले गरेको छ । सात महिनाको मधेस आन्दोलनमा चार महिना मधेसमा कठोर आन्दोलन गरेको चार दलीय मोर्चाले नै अहिले २७ दलीय गठबन्धन बनाएर आन्दोलनको घोषणा गरेको छ । चार महिना कठोर आन्दोलन गर्दा पनि आफूहरुको माग पूरा नभएको भन्दै मोर्चाले अबको आन्दोलन मधेसमा मात्र केन्द्रित नगरी राष्ट्रब्यापी बनाउने घोषणा गरेको छ । भारतीय नाकामा धर्नादेखि तराई–मधेसमा अनिश्चितकालिन हड्तालका क्रममा ५५ जना भन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाए । त्यही चार दलीय मधेसी मोर्चाले सात दलीय मोर्चा हुँदै अहिले २७ दलीय संघीय गठबन्धन बनाएको छ । शान्तिबाटिकामा झुल्किने विचित्रको मोर्चा मधेसी मोर्चाले जस्तै यसअघि मोहन वैद्य नेतृत्वको माओवादीले पनि ३३ दलीय मोर्चा गठन गरेर आन्दोलन गर्यो । त्यो मोर्चा अहिले पनि विघटन भएको छैन । ३३ दलीय राष्ट्रिय मोर्चाको संयोजक पनि माओावादी अध्यक्ष वैद्य नै छन् । त्यो मोर्चा अहिले पनि बेला बेलामा रत्नपार्कको शान्तिबाटिकामा झुल्किने गर्छ । वैद्यकै ३३ दलीय मोर्चामा रहेका केही दलहरुले असन्तुष्टी समानान्तर ३३ दलीय मोर्चा बनाएका छन् । उनीहरुले पनि आफ्नो मोर्चामा ३३ दल रहेको भन्दै ३३ दलीय राष्ट्रिय मोर्चा नै नाम दिएको छ । ती ३३ दलीय मोर्चाको आन्दोलनको केन्द्र भनेको रत्नपार्कको शान्ति बाटिका हो । उनीहरुले शान्तिबाटिकाका सडकमा हिड्ने बटुवाहरु हुने भएकाले पनि त्यो ठाउँलाई आन्दोलनको केन्द्र बनाउने गरेका छन् । तर ती दुवै ३३ दलीय मोर्चाको आन्दोलनमा ३३ जना कार्यकर्ता पनि सडकमा देखिदैनन् । ३३ दलकै नेताहरु संघीय गठबन्धनमा वैद्य माओवादी नेतृत्वको मोर्चा तथा उनै वैद्यसँग अनुसन्तुष्ट समानान्तर मोर्चाकै नेताहरु अहिले मधेसी मोर्चा नेतृत्वको संघीय गठबन्धनमा आवद्ध छन् । यसअघि उनीहरु नै कहिले वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, कहिले वैद्य विरोधी समानान्तर ३३ दलीय मोर्चा त कहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाका नेताहरु अहिले मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनमा छन् । ३३ दलीय मोर्चामा रहेका संघीय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन समाजवादी पार्टी लगायतका दलहरु नै अहिले मधेस गठबन्धनतिर लागेका छन् । ३३ दलीय मोर्चामा रहेका केही नेताहरुलाई समेटेर विभिन्न प्रादेशिक संघर्ष समितिहरु बनाइएका छन् । ती सबै गरेर मोर्चाको अहिले २७ दलीय गठबन्धन बनेको छ । राष्ट्रब्यापी आन्दोलन घोषणा गरेको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ भन्ने नारालाई उनीहरुले अभियानकै रुपमा प्रचार गर्ने र जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन् । एकाध कार्यकर्ताहरु पनि नभएका ब्यक्तिहरुको दललाई समेटेर बनाइएको मधेसी मोर्चाको गठबन्धनले आन्दोलन चर्काउँछ भन्नेमा सरकारलाई मात्र होइन, आम नागरिकसमेत विश्वस्त छैनन् । लामो समय मधेसमा मात्रै केन्द्रित भएको आन्दोलनलाई पूर्णता दिन नसकेको मधेसी दलहरुले राष्ट्रिय आन्दोलन चर्काउन सक्ने सम्भावना देखिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending