Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बाबुरामको विद्यार्थी परिषदमा हानाहान, बाबुरामका ज्वाईँ नै आक्रमणमा उत्रिए

\"naya-shakti\"काठमाडौं । नयाँ शक्ति नेपाल सम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय परिषदमा विद्यार्थी नेता कार्यकर्ताबीच हानाहान भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरस्थित ल्याब्रोटरी हलमा भएको विद्यार्थी परिषदको बेलामा नेता कार्यकर्ताबीच हानाहान भएको विद्यार्थी प्रतिनिधिले बताए । नयाँ शक्ति निकट विद्यार्थी परिषदमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईका ज्वाईँ मानुषीपति डेकेन्द्र श्रेष्ठ नै आक्रमणमा उत्रिएको स्रोतको भनाइ छ । डेकेन्द्रले आफ्नो पक्षका विद्यार्थीहरुलाई मात्रै समेटेर केन्द्रीय परिषद बनाउन लागेपछि माओवादी भन्दा बाहिरबाट आएका विद्यार्थीहरुले विरोध गरेका थिए । हलमै विद्यार्थीहरुबीच विरोध भएपछि हानाहानमै उत्रिएका थिए । विद्यार्थी प्रतिनिधि नेत्र चापागाईँलाई अर्का विद्यार्थी नेता युवराज ढकालले हातपात गरेका थिए भने अर्का विद्यार्थी नारायण गिरीलाई बाबुरामका ज्वाईँ डेकेन्द्रले हातपात गरेको स्रोतले बतायो । नयाँ शक्ति भनिएका विद्यार्थीहरुबीचको हल बाहिर नै आएर पदीय लुछाचुडी र हानाहानका कारण विश्वविद्यालयका कर्मचारीहरु मुकदर्शक भएर हेरेका थिए । नयाँ शक्तिका केन्द्रीय पार्षद ठगी अाराेपमा पक्राउ उता, पाँच लाख पाउण्डको चिट्ठा पर्यो भनी ठगी गर्ने नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य अशोककुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले शुक्रबार राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । थापाले पेप्सी मोबाइल चिट्ठा बेलायतबाट पाँच लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट पटकरपटक एसएमएस र फोन गरी उक्त रकम नेपाल पठाउन र वकिल खर्च बापत केही शुल्क लाग्छ भनी रकम माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: