Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बाबुरामको विद्यार्थी परिषदमा हानाहान, बाबुरामका ज्वाईँ नै आक्रमणमा उत्रिए

\"naya-shakti\"काठमाडौं । नयाँ शक्ति नेपाल सम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय परिषदमा विद्यार्थी नेता कार्यकर्ताबीच हानाहान भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरस्थित ल्याब्रोटरी हलमा भएको विद्यार्थी परिषदको बेलामा नेता कार्यकर्ताबीच हानाहान भएको विद्यार्थी प्रतिनिधिले बताए । नयाँ शक्ति निकट विद्यार्थी परिषदमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईका ज्वाईँ मानुषीपति डेकेन्द्र श्रेष्ठ नै आक्रमणमा उत्रिएको स्रोतको भनाइ छ । डेकेन्द्रले आफ्नो पक्षका विद्यार्थीहरुलाई मात्रै समेटेर केन्द्रीय परिषद बनाउन लागेपछि माओवादी भन्दा बाहिरबाट आएका विद्यार्थीहरुले विरोध गरेका थिए । हलमै विद्यार्थीहरुबीच विरोध भएपछि हानाहानमै उत्रिएका थिए । विद्यार्थी प्रतिनिधि नेत्र चापागाईँलाई अर्का विद्यार्थी नेता युवराज ढकालले हातपात गरेका थिए भने अर्का विद्यार्थी नारायण गिरीलाई बाबुरामका ज्वाईँ डेकेन्द्रले हातपात गरेको स्रोतले बतायो । नयाँ शक्ति भनिएका विद्यार्थीहरुबीचको हल बाहिर नै आएर पदीय लुछाचुडी र हानाहानका कारण विश्वविद्यालयका कर्मचारीहरु मुकदर्शक भएर हेरेका थिए । नयाँ शक्तिका केन्द्रीय पार्षद ठगी अाराेपमा पक्राउ उता, पाँच लाख पाउण्डको चिट्ठा पर्यो भनी ठगी गर्ने नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य अशोककुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले शुक्रबार राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । थापाले पेप्सी मोबाइल चिट्ठा बेलायतबाट पाँच लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट पटकरपटक एसएमएस र फोन गरी उक्त रकम नेपाल पठाउन र वकिल खर्च बापत केही शुल्क लाग्छ भनी रकम माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending