Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

\"Madhav_Kumar_Nepal2\"काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणको काम अगाडि बढ्न नसकेको र भ्रष्टाचार मौलाएका कारण त्यसलाई नियन्त्रण गर्न पनि निर्वाचन जरुरी रहेको बताए । उनले भने, ‘स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएका कारण एमालेका हरेक कमिटीमा महिलालाई उचित स्थान दिएर अगाडि बढाउन जरुरी छ, प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गरिनुपर्छ, त्यसका लागि एमालेले पूर्ण तयारी गर्नुपर्छ ।’’ स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गरेर अगाडि बढ्न समेत कार्यकर्तालाई आग्रह गरे । नुवाकोट बिस्तारै आर्थिक केन्द्रका रुपमा विकास हुँदै गएको बताउँदै उनले रसुवा– केरुङ सडकखण्डको स्तरोन्नति र चिनियाँ रेल समेत सोही जिल्ला भएर आउने भएको तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि नुवाकोट छानिएकामा खुसी व्यक्त गरे । काठमाडौँ– नुवाकोट सुरुङ मार्ग, सडकको स्तर वृद्धि एवं कृषि, पर्यटन तथा जलविद्युत्मा समेत नुवाकोट अग्रणी भएको बताउँदै उनले आर्थिक विकासका लागि एमालेले नै नेतृत्व गर्नुपर्नेमा जोड दिए । एक फरक प्रसङ्गमा पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता तथा कार्यकर्ताको अग्रणी भूमिका रहने उनको कथन थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: