Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

त्यो बारपाक, भूकम्पपछिको बारपाक, तङ्ग्रिदै गरेको बारपाक (फोटोकथा)

काठमाडौं । आजभन्दा एक वर्षअघि वैशाख १२ गते गएको शक्तिशाली भूकम्प भन्ने वित्तिकै सबैलाई बारपाकको सम्झना आउँछ । गोरखा सदरमुकामदेखि ६० किलोमिटर उत्तरमा पर्ने ग्रामीण पर्यटकीय स्थल बारपाक त्यही हो, जुन ७.८ रेक्टर स्केलको विनासकारी भूकम्पको केन्द्रविन्दु थियो । भूकम्पले बारपाक मात्र ध्वस्त पारेन, त्यो नजिकको लाप्राकदेखि सिन्धुपाल्चोकसम्म विपद् निम्त्यायो । सुन्दर बस्ती बारपाक पर्यटनको पदमार्ग पनि हो । उत्तरमा सेताम्य बौद्ध हिमालको सुन्दर दृष्यले बारपाकी मात्र खुशी थिएनन्, विश्वका विभिन्न मुलुकबाट आउने गोरा र खैरो अनुहारका विदेशीहरु प्रफुल्लित हुन्थे । बारपाकदेखि उत्तरका अन्नपूर्ण तथा बौद्ध हिमाल पदयात्रामा निस्किएका पर्यटकहरुको बास बस्ने तथो हो बारपाक । गाउँका बासिन्दासँगै बसेर विदेशी पाहुनाहरु पदयात्रामा निस्किन्छन् । हेर्नुहोस् भूकम्पअघिको बारपाक \"Barpak-bifore \"Barpak-bifore ऊबेला नै विश्वमा चिनिएको बारपाकलाई सबै नेपालीले भने विनाशकारी भूकम्पपछि मात्र चिने । जसरी लमजुङको सुन्दर गाउँ भुजुङ जस्तै सभ्यताको समाजलाई सिकाएको बस्ती हो, बारपाक । मुलुकमा नयाँ संविधान जारी गरिएपछि मेरो गाउँ र तेरो गाउँ भनेर ठाउँ ठाउँमा द्वन्द्व छ । तर भुजुङ्का बासिन्दा भने आपसमा मिलेर एकै ठाउँमा अटाएका छन्, अर्थात, एउटै गाउँमा सिंगो गाविस अटाएको छ । नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समितिले चिनिएको नेपालकै एक मात्र गाउँ भुजुङजस्तै, बारपाकमा पनि एकै ठाउँमा सबै समुदाय मिलेर बसेका छन् । एक हजार ४ सय ४७ घरधुरीभित्र ८ हजार जनसंख्या रहेको सुन्दर गाउँ बारपाकमा गत वर्ष वैशाख १२ गते क्षणभरमै ७२ जनाले ज्यान गुमाए भने एक सय बढी घाइतेहरु अझै उपचारकै क्रममा छन् । हेर्नुहोस् भूकम्पले ध्वस्त बनाएको बारपाक \"Barpak-after \"The-village-of-Barpak-after \"Vue भूकम्प गएको एक वर्षपछि भूकम्पले ध्वस्त सम्पदाहरु पुनर्निर्माण प्रक्रियामा अघि बढ्ने प्रक्रियामा सरकार रहिरहेको छ । तर सरकारबाट सहयोगको आशा मारिसकेका बारपाकीहरु भने आफै तंग्रिने प्रयासमा छन् । हेर्नुहोस् तंग्रिदै गरेको बारपाक \"latest \"latest
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: