Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

२१ राजदूत सिफारिसमा कारण देखाऊ आदेश

\"sarbochchaकाठमाडौं । सरकारले गत मंगलबार गरेको २१ देशका राजदूत सिफारिसका सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । रिक्त रहेका सबै २१ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो । सर्वोच्च अदालतले राजदूत सिफारिसलाई समावेशी नबनाउनाका कारण लिखित रूपमा पेस गर्न सरकारलाई आदेश गरेको छ । राजदूत नियुक्तिको सिफारिस संविधानको धारा ४२ अनुसार समावेशी प्रकृतिको नभएको भन्दै विहीबार दायर रिटमा सिफारिस बदरको माग गरिएको छ । रिटमा सिफारिस बदरका लागि अन्तरिम आदेशको माग गरिएको थियो । सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार बसेको इजलासले राजदूत सिफारिस गर्नुको कारण १५ दिनभित्र पेस गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको हो । इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने उल्लेख छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले एमाले कोटाबाट पाँच, एमाओवादी कोटाबाट चार, राप्रपा नेपालको कोटाबाट एक जना तथा अन्य कर्मचारी मध्येबाट राजदूत सिफारिस गरिएको छ । एमाले कोटाबाट सिफारिस गरिएकामा नारद भारद्वाज– श्रीलंका, शिबमाया तुम्बाहम्फे– इजरायल, अलि अख्तर मिकरानी– साउदी अरव, खड्ग केसी– जापान र महेन्द्रबहादुर पाण्डे –चीन रहेका छन् । चीनका लागि प्रस्ताव गरिएका पाण्डे पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । यसैगरी एमाओवादी कोटाबाट युवनाथ लम्साल– डेनमार्क, लक्की शेर्पा– अष्ट्रेलिया, पदम सुन्दास– बहराइन र डा. महेन्द्र सिंहलाई कतारका लागि प्रस्ताव गरिएको छ । यस्तै, राप्रपा नेपालको कोटाबाट सिफारिस भएकामा रसियाका लागि निरञ्जन थापा रहेका छन् । सरकारले सिफारिस गरेका अन्य राजदूतमा ताराप्रसाद पोखरेल– ब्राजिल, रमेशप्रसाद खनाल– जर्मनी, प्रकाशकुमार सुवेदी– अष्ट्रिया, लोकबहादुर थापा– बेल्जियम, सेवा लम्साल– पाकिस्तान, झविन्द्र अर्याल– इजिप्ट, ऋषिकेष घिमिरे– म्यानमार, दुर्गाबहादुर क्षेत्री – बेलायत, खगेन्द्र बस्नेत– बंगलादेश र भरतबहादुर रायमाझी– यूएई रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: