Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अवैध गर्भधारणबाट सुत्केरी भएकी किशोरी अस्पतालमा अलपत्र

बैतडी । मानसिक सन्तुलन गुमेका बेला भएको अवैध गर्भधारणबाट सुत्केरी भएकी बैतडीकी एक किशोरी अलपत्र परेकी छन् । विशालपुर गाविसकी १७ वर्षीया ती किशोरीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गत चैत २५ गते छोरी जन्माएकी थिइन् । उनका आफन्त नहुँदा अलपत्र परेकी हुन् । उनी अहिले जिल्ला अस्पतालमा बस्दै आएकी छन् । ती किशोरीका परिवार र आफन्त छैनन् । गत असारमा मानसिक सन्तुलन गुमाएका बेला उनले अवैध गर्भ बोकेकी थिइन् । मानसिक उपचारपछि स्वस्थ भएकी उनी गर्भवती रहेको खुलेको थियो । यसअघि उनी मेलौलीको एक होटल छेउको छाप्रोमा बस्दै आएकी थिइन् । आफन्तको सहारा नभएको पीडाले मानसिक सन्तुलन बिग्रिएपछि विगतका कुरा उनलाई थाहा छैन । अवैध गर्भ बोकेपछि सामाजिक तिरस्कारमा परेकी किशोरी विचलित अवस्थामा छिन् । उनलाई सहारा दिने आफन्त कोही नहुँदा उनको बिचल्ली भएको हो । अवैध गर्भ बोकेपछि पेट बढ्न थाल्दा स्थानीय महिलाले उनलाई स्वास्थ्य संस्था लगेका थिए । मानसिक रुपमा विचलित उनी स्वास्थ्य संस्था जान नमानेको स्थानीयवासी अञ्जु नायकले बताए। पेटको गर्भ कति महिनाको हो उनलाई नै थाहा थिएन । मानसिक अवस्थामा सुधारसँगै उनी झन विचलित छिन् । मेलौलीमा रहँदा कोठाबाट बाहिर निस्कन लजाउने गरेको नायकले बताइन् । बुबाको मृत्युपछि आमाले उनको पालनपोषण गरिन् आमाको मृत्युपछि बाजेले हेरचाह गरे, केही वर्षअघि बाजेको मृत्युपछि उनी बेसाहारा बनेकी हुन् । विगत ढाई वर्षयता मेलौली सडकखण्डमा उनी मानसिक सन्तुलन गुमाएर भौँतारिएर हिँड्ने गरेको स्थानीयवासीले बताए । गाउँमा बस्न सक्ने अवस्था नभएपछि उनी गाउँदेखि तीन घन्टा टाढा मेलौलीमा तीन महिनादेखि बस्दै आएकी थिइन् । उनलाई स्थानीयवासी श्याम नेगीले बस्ने व्यवस्था गरेका थिए । सुत्केरीपछि बस्न र खानको समस्याले तीन दिन प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर जिल्ला अस्पताल बैतडी पठाएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख विनोद भट्टले बताए । उनले भने –‘हुर्कंदै गएको बच्चा र आफ्नो स्वास्थ्यका लागि चाहिने सन्तुलित आहाराको आवश्यकता छ ।” न त उनी काम गरेर खान सक्ने अवस्थामा छिन् न त मागेर गुजारा चलाउन सक्ने अवस्थामा छिन् । सानैमा आमाको मृत्यु भएपछि एक छिमेकी आफन्तले उनलाई पालेका थिए । ती आफन्त तराईतिर बसाइँ सरेपछि उनी एक्ली भएकी थिइन् । उनलाई अस्पतालले खाने बस्ने व्यवस्था मिलाएको छ । अस्पतालमा धेरै दिन राख्न सक्ने अवस्था नहँुदा उनको बिचल्ली हुने अवस्था भएको जिल्ला स्वास्थ्य प्रमुख गुणराज अवस्थीले बताए । एक दुई महिनासम्म आमा र बच्चालाई राख्न सकिन्छ । उनले भनिन – ‘त्यसपछि उनलाई महिला सुरक्षा गृहमा पठाउन महिला बालबालिका कार्यालय र स्थानीय प्रशासनमार्फत पहल भइरहेको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: