Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अवैध गर्भधारणबाट सुत्केरी भएकी किशोरी अस्पतालमा अलपत्र

बैतडी । मानसिक सन्तुलन गुमेका बेला भएको अवैध गर्भधारणबाट सुत्केरी भएकी बैतडीकी एक किशोरी अलपत्र परेकी छन् । विशालपुर गाविसकी १७ वर्षीया ती किशोरीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गत चैत २५ गते छोरी जन्माएकी थिइन् । उनका आफन्त नहुँदा अलपत्र परेकी हुन् । उनी अहिले जिल्ला अस्पतालमा बस्दै आएकी छन् । ती किशोरीका परिवार र आफन्त छैनन् । गत असारमा मानसिक सन्तुलन गुमाएका बेला उनले अवैध गर्भ बोकेकी थिइन् । मानसिक उपचारपछि स्वस्थ भएकी उनी गर्भवती रहेको खुलेको थियो । यसअघि उनी मेलौलीको एक होटल छेउको छाप्रोमा बस्दै आएकी थिइन् । आफन्तको सहारा नभएको पीडाले मानसिक सन्तुलन बिग्रिएपछि विगतका कुरा उनलाई थाहा छैन । अवैध गर्भ बोकेपछि सामाजिक तिरस्कारमा परेकी किशोरी विचलित अवस्थामा छिन् । उनलाई सहारा दिने आफन्त कोही नहुँदा उनको बिचल्ली भएको हो । अवैध गर्भ बोकेपछि पेट बढ्न थाल्दा स्थानीय महिलाले उनलाई स्वास्थ्य संस्था लगेका थिए । मानसिक रुपमा विचलित उनी स्वास्थ्य संस्था जान नमानेको स्थानीयवासी अञ्जु नायकले बताए। पेटको गर्भ कति महिनाको हो उनलाई नै थाहा थिएन । मानसिक अवस्थामा सुधारसँगै उनी झन विचलित छिन् । मेलौलीमा रहँदा कोठाबाट बाहिर निस्कन लजाउने गरेको नायकले बताइन् । बुबाको मृत्युपछि आमाले उनको पालनपोषण गरिन् आमाको मृत्युपछि बाजेले हेरचाह गरे, केही वर्षअघि बाजेको मृत्युपछि उनी बेसाहारा बनेकी हुन् । विगत ढाई वर्षयता मेलौली सडकखण्डमा उनी मानसिक सन्तुलन गुमाएर भौँतारिएर हिँड्ने गरेको स्थानीयवासीले बताए । गाउँमा बस्न सक्ने अवस्था नभएपछि उनी गाउँदेखि तीन घन्टा टाढा मेलौलीमा तीन महिनादेखि बस्दै आएकी थिइन् । उनलाई स्थानीयवासी श्याम नेगीले बस्ने व्यवस्था गरेका थिए । सुत्केरीपछि बस्न र खानको समस्याले तीन दिन प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर जिल्ला अस्पताल बैतडी पठाएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख विनोद भट्टले बताए । उनले भने –‘हुर्कंदै गएको बच्चा र आफ्नो स्वास्थ्यका लागि चाहिने सन्तुलित आहाराको आवश्यकता छ ।” न त उनी काम गरेर खान सक्ने अवस्थामा छिन् न त मागेर गुजारा चलाउन सक्ने अवस्थामा छिन् । सानैमा आमाको मृत्यु भएपछि एक छिमेकी आफन्तले उनलाई पालेका थिए । ती आफन्त तराईतिर बसाइँ सरेपछि उनी एक्ली भएकी थिइन् । उनलाई अस्पतालले खाने बस्ने व्यवस्था मिलाएको छ । अस्पतालमा धेरै दिन राख्न सक्ने अवस्था नहँुदा उनको बिचल्ली हुने अवस्था भएको जिल्ला स्वास्थ्य प्रमुख गुणराज अवस्थीले बताए । एक दुई महिनासम्म आमा र बच्चालाई राख्न सकिन्छ । उनले भनिन – ‘त्यसपछि उनलाई महिला सुरक्षा गृहमा पठाउन महिला बालबालिका कार्यालय र स्थानीय प्रशासनमार्फत पहल भइरहेको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending