Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

संविधानमा आफूलाई चित्त नबुझेको पूर्व राष्ट्रपतिको खुलासा

\"ramकाठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफूलाई नयाँ संविधानमा चित्त नबुझेको खुलासा गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘पहिलो संसदः बीपी–महेन्द्र टकराव’ लोकार्पण गर्दै पूर्व राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरा चित्त नबुझदा समेत लोकतान्त्रिक पद्धती अनुसार अघि बढेको बताए । उनले आफू लोकतान्त्रिकबाटोबाट अघि बढेका कारण नै ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान जारी गरिदिएको बताए । पौने ३ करोड नेपाली जनताले प्रतिनिधित्व गरेको सभाबाट संविधान आएको हुनाले आफूले नरोकेको उनको भनाइ छ । आफूलाई चित्त नबुझे पनि लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर नै आफ्नो कर्तब्य पूरा गरेको उनले स्पष्ट गरे । उनले दोस्रो संविधानसभामा केही न केहि हडबड भएको उल्लेख गरे । राष्ट्राध्यक्ष, संविधानसभा अध्यक्ष, मस्यौदा समितिका संयोजक, संवाद समितिका प्रमुख र प्रधानमन्त्री तथा सम्बन्धित निकायहरुबीच संक्रमण कालमासँगै बसेर छलफल र राष्ट्रिय सहमति गर्नुपर्नेमा त्यसो हुन नसकेको समेत उनले गुनासो गरे । त्यस बेला राष्ट्रिय सहमति नभएर राजनीतिक सहमतिमात्र भएको स्पष्ट गरे । ०१७ साल दोहोरिन पाएन संघीय संविधान निर्माणको प्रक्रियामा आफू नभएको भए ०१७ सालको घटना दाहोरिन सक्ने उनले दाबी गरे । उनले आफ्नो स्थानमा अरू कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो ’कु’ को घटना दोहोरिन सक्ने खुलासा गरेका हुन् । यादवले अब एक वर्ष ८ महिना बाँकी रहेको उल्लेख गर्दै संक्रमण काल लामो समयसम्म जान नहुने बताए । यादवले सहमति बनाएर मधेश समस्याको समाधान गर्न समेत सुझाव दिए । मधेशको समस्या समाधान नहुँदा आफूलाई पिडा भइरहेको यादवले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: