Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

निजी विद्यालयको मनपरी शुल्क असुली विरुद्ध विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

विराटनगर । निजी विद्यालयले मनपरी शुल्क असुलिरहेको विषयमा जिल्ला शिक्षा कार्यालय मौन बसेको भन्दै विभिन्न चार राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको चेतावनी दिएका छन् । बुधबार विज्ञप्तिमार्फत सत्तारूढ दल नेकपा ९एमाले०, नेपाली काँग्रेस, एकीकृत नेकपा ९माओवादी० र नेकपा ९माओवादी० सम्बद्ध विद्यार्थी सङ्गठनका केन्द्रीय पदाधिकारीले यस्तो चेतावनी दिएका हुन् । उनीहरूले मोरङमा केही दिनयता मनोमानी शुल्क वृद्धि भइरहेको जनाएका छन् । संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालयमा ध्यानाकर्षण गराएको भएपनि माग पूरा गर्न सरकार उदासीन भएको आरोप विद्यार्थी सङ्गठनले लगाएका छन् । विद्यार्थी सङ्गठनले यसै विषयलाई लिएर गत वैशाख ६ गते जिल्ला शिक्षा कार्यालयमा अल्टिमेटमसहित ज्ञापन बुझाएका थिए । तर अहिलेसम्म उक्त सम्बन्धमा शिक्षा कार्यालय मौन हुँदा निजी विद्यालयको मनोमानी शुल्कका कारण लाखौँ अभिभावक र विद्यार्थी मारमा परेको सङ्गठनको भनाइ छ । “निजी विद्यालयको मनोमानी शुल्क वृद्धि तत्काल रोक्न र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका कार्यान्वयन गर्न गराउन सम्बन्धित सबै सरोकारवाला निकायसँग माग गर्दछौँ । अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अनेरास्ववियुका सचिव वसिम आलम, नेविसङ्घ केन्द्रीय सदस्य हरि भट्टराई, अखिल क्रान्तिकारीका तिलकबहादुर बस्नेत र क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य नवराज नेपालले हस्ताक्षर गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: