Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

यसरी ब्यूँउतिदै छन् द्वन्दकालिन मुद्धा ! के होला शान्ति ?

\"6-mao-meet\"काठमाडौं । द्वान्दकालिन मुद्धाहरुलाई व्युताँउने र माओवादी आन्दोलनका नेता तथा कार्यकर्तामाथि दमन गर्न राज्यका केही मानिसहरु लागेको भन्दै माओवादी आन्दोलनका सबै नेताहरु हिजो बुधबार बैठक बसे । बैठकमा अदालत तथा प्रहरीमा रहेका द्वन्दकालिन मुद्धा र पछिल्लो समय सत्य निरुपण तथा वेपत्ता आयोगमा माओवादीविरुद्ध दर्ता भएका मुद्धाहरुका विषयमा छलफल भएको माओवादी नेताहरुले बताएका छन् । पछिल्लो समय नयाँ शक्ति निर्माण अभियानमा रहेका बाबुराम भट्टराईको नयाँ शक्तिकी नेता हिसिला यमि, वैद्य माओवादीका नेता, मात्रिकादेखि मणी थापासम्मको उपस्थिति रहेको एमाओवादीले जनाएको छ । विप्लव माओवादी भने एजेण्डा थाहा नभएको भन्दै उपस्थित रहेको थिएन । द्वान्दकालिन मुद्धाहरुमा कसरी जाने भन्नेबारेमा एकमुष्ठ र साझा धारणा बनाउन आव्हान भएको बैठकमा अदालत तथा प्रहरीमा रहेका मुद्धाहरुलाई सत्य निरुपण तथा वेपत्ता आयोगमा पठाउने र देशैभरबाट माओवादीमाथि भएका ज्यादतीविरुद्धमा मुद्धाहरु सत्य निरुपण तथा वेपत्ता आयोगमा दर्ता गराउने सहमति भएको एक नेताले बताए । माओवादी विरुद्ध मात्रै उजुरी सत्य निरुपण तथा वेपत्ता आयोगले यहि बैशाख ५ गतेबाट उजुरी लिन थालेको भएपनि आजसम्म माओवादी विरुद्धमात्रै उजुरी परेको आयोगका एक सदस्यले बताए । उजुरी द्वान्दकालिन समयमा तास खेल्नेहरुलाई माओवादीले लगाएको दुईचार थप्पडदेखि जड्याहा विरुद्ध माओवादीले चलाएको अभियानसम्मका विरुद्धमा उजुरी परेको छ । उनका अनुसार माओवादीमाथि भएका ज्यादतीका उजुरी भने अहिलेसम्म कतै पनि परेको छैन । द्वान्दकालिन समयमा सबैभन्दा बढी ज्यादती तथा अपराध माओवादी आन्दोलनका सहभागी, शुभचिन्तक तथा कार्यकर्तामाथि भएको छ । तर उनीहरुको नै उजुरी नपर्नुले द्वन्दकालिन मुद्धाहरु एकापक्षिय ढंगबाट जानथाल्नुको संकेत हो । ति अधिकारी भन्छन् –यसले मुद्धाहरुलाई मेलमिलापतिर होइन, द्धन्दतिर लैजान्छ । एमाओवादीका एक केन्द्रिय नेता भन्छन्– राज्यका केही मानिसहरु र केही आइएनजिओ तथा एनजिओहरु माओवादीविरोधी मुद्धाका सबै फाइलदेखि खर्चसम्म तयारी गरेर बसिरहेका छन् । उनीहरु योजनामा छन् । हामी द्वन्द निराकरण भनेर बस्यौं । अब हामीले पनि हजारौं उजुरी हाल्नुपर्ने हुन्छ । सामुहिक उजुरी हाल्दै माओवादी बुधबार एमाओवादीको मुख्यालय पेरिसडाँडामा बसेको ६ माओवादीको बैठकले सामुहिक उजुरी हाल्ने अभियान नै संचालन गर्ने निर्णय गरेको छ । उजुरीका लागी कानुनी हेल्प डेस्क खडा गर्ने र जिल्लाहरुबाट सत्य निरुपण तथा वेपत्ता आयोगमा उजुरी गर्न सहयोग गर्ने निर्णय गरेका माओवादी नेताहरुले प्रहरी तथा अदालतमा आफ्ना नेता तथा कार्यकर्ताविरद्ध रहेका मुद्धाहरु आयोगमा पठाउन दबाब समेत दिने भएका छन् । माओवादीलाई अप्ठ्यारो द्वान्दकालिन घटनामा माओवादी विरोधीहरुलाई उजुरी गर्न जति सजिलो छ माओवादीलाई उति नै अप्ठ्यारो छ । उतिबेलाका घटनाहरुमा माओवादीका विरुद्ध नजिकका नेता तथा रिस उठेको मानिसका विरुद्ध उजुरी हाल्न सक्छन् भने माओवादीमाथि भएका ज्यादतीमा अप्रत्यक्ष रुपमा स्थानीय तथा अरु पार्टीका नेता र माओवादी विरोधीहरुको हात रहेको भएपनि प्रत्यक्ष रुपमा भने प्रहरी या सेनाको हात रहेकोले कसलाई उजुरी गर्ने भन्ने अप्ठ्यारो छ । तर माओवादीका पिडितहरु भने ज्यादतीका स्थानिय उत्प्रेरकलाई उजुरी हाल्ने तयारीमा रहेको माओवादी स्रोतले बतायो । आयोगको क्षेत्राधिकार द्वान्दकालका गम्भिर प्रकृतिका घटनाहरुमाथि छानविन गर्नका लागी गठित आयोगमा अहिले सबै प्रकारका द्वान्दकालिन मुद्धाहरु दर्ता हुनु मेलमिलापको संकेत होइन । केही गम्भिर प्रकृतिका घटनाहरुमा मात्रै भन्ने शर्त उतिबेला भएपनि जे परिभाषा लगाएपनि मिल्ने खालको सम्झौता लेखनले अहिले समस्या बनाएको छ । अहिले दर्ता भएका सबै उजुरीमाथि छानविन थाल्ने हो भने माओवादीमाथि उतिबेला राज्य तथा स्थानियहरु माओवादी विरोधी धारका मानिसहरुले गरेको ज्यादती नै हजारौं हुन सक्छ । ति हजारौं उजुरीमाथि छानविन गर्न अहिले भईरहेको हाम्रो आयोगले मात्रै होईन समग्रमा अदालतकै अदालतकै क्षमताले समेत भ्याउँदैन भने द्वन्दमा भएका सबै घटनाहरु मुद्धामा रुपान्तरण हुन थाल्छ । यसको परिणाम शान्ति तथा मेलमिलाप होइन अशान्ती तथा द्वन्दको अर्को निहुँ बन्न सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: