Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सुन्दर पोखरामा कुरुप व्यापारः जहाँ तोकिन्छ जवानीको मूल्य

\"pokhara कति ? तीन सय रुपैयाँ । कति जना ? ‘तीन जना।’ ‘तीन जनाको त तीन हजार रुपैयाँ ।’ रात भरी ? हुन्छ।’ यो अप्रिय सम्वाद प्रिय पोखराको हो । बाग्लुङ्ग जाने बसपार्क आसपसमा तपाई पुग्नुभयो भने यो शब्द अवस्य सुन्न सक्नु हुन्छ । सुन्दर नगरी पोखरा भित्रै छ समाजले सबैभन्दा कुरुप भनेको धन्दा । जवानीको मोलमालाई हुन्छ यहाँ । नारी अस्मिता र अस्तित्वको वधशालामा रुपान्तरण हुँदै गएको छ पोखरा । दुःखका साथ भन्नुपर्छ, यो ठाँउ पोखराको नक्सा भित्रै पर्छ । शनिवारको दिन थियो । अफिस नियमित जान नपरेपनि अफिसको काम गर्नु पर्ने हुन्छ प्राय । दिउँसोको १ बजे अफिसबाट निस्कदै थिएँ । एक्कासी मेरो मोवाइलको घण्टी बज्यो । झसंग भयो मन । मोवाइल हेरें, नयाँ नम्बर । उठाएँ, एउटा एनजीओबाट रहेछ । कुश्मा बजारको खुला चौरमा गरीव मान्छेहरुको कुम्भ मेला लाग्या छरे, त्यो प्रर्दशनीको फोटो लिने जिम्मा मेरो आइपरेछ । नुनको सोझो गर्नै प¥यो। मैले हुन्छ भनें । [caption id=\"attachment_70585\" align=\"alignleft\" width=\"208\"]\"लेखक लेखक[/caption] क्यामरा झोलामा बोकेर कुश्मा जाने तयारीमा लागेँ । एक जना साथीलाई फोन गरें । जो वरिष्ठ पत्रकार तथा राजनतिक विश्लेषक पनि हुन् । हामीसँगै मनमा केही दुविधा, केही आशा अनि केही उत्साह बोकेर महेन्द्रपुलको कोलाहल विचबाट विस्तारै अघि बढ्यांै । जब हामी गणेश टोलको खाल्टाखुल्टी बाटो हुँदै अगाडी जाँदै थियौं, त्यहाँका प्रत्येक होटल तथा खाजा घर अगाडि प्रहरीको बाक्लो गस्ती थियो । शंका लाग्यो । चर्चामा निकै सुनेपछि त्यो ठाउँमा आजसम्म जान भ्याएको थिइन । संयोगले आज त्यो अवसर मिल्यो । हामी पालिखेचोक नालामुख हुदै भुपि शेरचनमार्ग हुँदै अगाडी बढ्दै गयौं । यात्रा भरि त्यही अस्वभाविक वातावरण आँखा अगाडी घुमिरह्यो । कुश्माको कार्यक्रम सकेर साँझतिर पोखरा फर्किएँ । साँझतिर पोखरामा पानी परिहरेको थियो । बेलुकाको खाना खाएर ओच्छ्यानमा पल्टिएँ । निन्द्रा लागेन । जुरुक्क उठेँ अनि वत्ति बालेँ । कपि र पेन्सील हातमा लिएर लेख्न सुरु गरें । तर के लेख्ने ? दिउँसो कार्यक्रममा देखेको गरीब किसानहरुको व्यथा चित्कार लेख्ने की सुन्दर सहर भित्रको कुरुप चित्र ? म अलमलमा परेँ । बागलुङ्ग बसपार्कको कुनै समाचार या कथा तयार पार्ने मेरो मनसाय थिएन । यी विषयमा थुप्रै कथाहरु लेखिएका छन् । छापाहरुमा छापिएकै छन् । तर पनि मेरो मानसपटलमा वारम्वार त्यही विषय घुमिरह्यो । एकोहोरो ती विवस युवतीहरुको चित्र मेरो मस्तिष्कमा आईरह्यो । मेरो मानसपटलमा एक्कासी बिप्लप ढकालको एउटा कवितांशले लखेट्यो । सुकुमारी रातहरुमा सेता कलकलाउदा तरुनी तिघ्राहरुले म हजूरको वैशलाई रन्कक तताईदिन्छु ओ लोग्ने मान्छे छनछनी गनेर वैशहरु म सडकमा लम्पसार सुतेकी छु विक्रीमा छु आउ मलाई सस्तोमा उपभोग गर कवितांशसँगै सोचेँ, ‘आखिर किन ? किन उनीहरु खुलेआम आफ्नो शरिरको विज्ञापनमा तल्लिन छन् ? किन कामुकता प्रकट गरिरहेछन् ? दुई पैसाकालागि आफ्नो अस्मिता किन लुटाई रहेकाछन् उनीहरु ? दुई वर्षे दुधे वालक एकातिर च्यापेर, अर्कोतिर कण्डम सहितको झोला च्यापेर किन यो सहरसँग अनुवन्धित भइरहेछन् आजका नारीहरु ? म सोचमग्न भएँ । \"pokhara मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ । किन यी सुन्दरीहरु नरकमा बाँच्न बाध्य भइन् ? कुनै रहर ? कुनै बाध्यता ? अनि सोच्छु आखिर किन यहाँ आफूलाई झुलेर लुटाउन र लुट्नको लागि तल्लिन छन् सभ्य भनिएका मानिसहरु ? किन यसरी पटक पटक मरेर पनि बाँचिरहेछन् मान्छेहरु ? मेरो एउटै चाहाना, सुन्दर पोखरामा यस्तो कुरुप गतिविधि बन्द भइदिए कति राम्रो हुन्थ्यो ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: