Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मरिसकेका भनेका मानिस घर फर्किएपछि .......

\"jajarkotजाजरकोट । यहाँको कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन । १५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन । कतिले मरिसकेको हल्ला गरे, कतिले अर्का बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे । तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन । १५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो । उनको परिवार परम्पराअनुसार काजक्रिया गर्ने तयारीमा थियो । तर यही बेला रोकाय घर फर्किएका छन् । मरिसकेको भनेर हल्ला गरिएका व्यक्ति घर आएपछि रोकायको परिवार मात्र होइन गाउँलेसमेत अचम्ममा परेका छन् । अहिले रोकायको घरमा उनलाई भेट्नेको भीड लागेको स्थानीय पूर्ण महताराले जानकारी दिए । रोकायलाई गाउँलेले फूलमाला, अबिर लगाएर स्वागत गरेको महताराले बताए । २०५८ साल जेठ २६ गते श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि रोकाय घर छोडेर हिडेका थिए । त्यतिबेला श्रीमती भद्री रोकायले उनी माओवादीमा लागेको अनुमान गरेकी थिइन् । तर माओवादीमा लागेका अन्य छिमेकी बेलाबेला घर आउने जाने गरिरहँदा रोकाय नआएपछि श्रीमती भद्रीको मनमा पनि चिसो पसेको थियो । “सोचेँ, पुलिसले मा¥यो होला, अब जीवितै भेट्ने आशा छैन”, उनले भनिन् । रोकायले घर छोड्दा चार वर्षीय नाबालक छोरा दीपक श्रीमती भद्रीको साथमा थिए । अहिले उनी १९ वर्षका भए र बिहेसमेत गरेका छन् । दुई छोरा र तीन छोरीका बाउ रोकायका सबै सन्तानले बिहे गरिसकेका छन् । उनीहरुबाट पाँच नातीनातिना छन् । “बा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई केही यादै थिएन, जब घर आउनुभयो मैले चिन्दै चिनिन”, छोरा दीपकले भने । मन्दिरलाई भारतमा भेटेको कमाई गर्न गएका छिमेकीले उनको घरमा खबर पु¥याउने गर्थे । तर उनी नफर्किंदासम्म परिवारलाई विश्वास लागेको थिएन । घर छोडेर आफूले गल्ती गरेको रोकायको भनाइ छ । अब बाँचुन्जेल घरपरिवारसँगै बस्ने उनको चाहना छ । “सानो कुराले घर नछोड्नुपर्नेथ्यो, बहुत गल्ती गरियो”, रोकायले भने, “जवानी पनि त्यसै खेर गयो, अब मरुन्जेल कतै जान्न ।” घर छोड्दा रोकायको उमेर ३८ वर्ष थियो । १५ वर्षको अवधिमा भारतका विभिन्न सहरमा मजदुरी गरेको रोकायले बताए । गढवाल, दिल्ली, चन्डिगढ, किन्नौर, सिम्ला लगायतका सहरमा मजदुरी गरेको उनले बताए । “कमाउन केही सकिएन, अलिअलि कमाएको पैसा डुल्दैमा सकियो”, रोकाय भन्छन् । श्रीमती भद्रीका अनुसार गाउँमा हुँदा पनि रोकाय जाँड खाने र जुवातास खेल्ने गर्थे । त्यही विषयमा सामान्य ठाकठुक परेपछि रोकायले घर छोडेर हिँडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: