Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मधेसी मोर्चाले बुधबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने

\"madhesi1-750\" काठमाडौं । तराई–मधेसमा सात महिना भन्दा बढी समय आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । मोर्चासहितको संघीय गठबन्धनको बुधबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकमा मोर्चाका नेताहरु अनुपस्थित भएपछि बैठक बुधबार पुनः बस्ने भएको हो । गठबन्धनको मंगलबारको बैठकमा मोर्चाका प्रमुख घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित थिए । संघीय समाजवादी फोरम सम्बद्ध आदिवासी जनजातिहरुको बाहुल्यता रहेको संघीय गठबन्धनले मोर्चाका सबै नेतालाई मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो । गठबन्धनमा विभिन्न २५ दल सहभागी छन् । मोर्चाका नेताहरुको अनुपस्थितिका कारण बुधबारको बैठकमा गठबन्धनमा आवद्ध सबै दलका शीर्ष नेताहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ । मधेस केन्द्रित आन्दोलनले मात्रै आफूहरुको माग सुनुवाइ हुन नसकेको भन्दै संघीय समाजवादी फोरमले संघीय गठबन्धनको अगुवाईमा देशब्यापी आन्दोलन चर्काउन प्रस्ताव गर्दै आएको थियो । मोर्चामा आवद्ध अन्य दलहरुले भने राष्ट्रब्यापी आन्दोलन गर्दा सफल हुन नसक्ने भन्दै मधेस केन्द्रित आन्दोलनमा जोड दिँदै आएका छन् । संघीय गठबन्धनकै आयोजनामा सोमबार राजधानीमा मधेस मुद्दाका बारेमा वृहत्त अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्राप्त सुझावअनुसार नै आन्दोलनको कार्यक्रम तय गरिने मोर्चाले बताउँदै आएको थियो । उनीहरुले विशेषगरी राजधानी केन्द्रित आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । आन्दोलनको स्वरुपबारे मधेसी र गैरमधेसी नेताबीच फरक मत गठबन्धनको मंगलबारको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि गठबन्धनमा रहेका मधेस केन्द्रित नेता र गैरमधेसी नेताहरुबीच फरक मत देखिएपछि निर्णय हुन नसकेको बताइएको छ । मोर्चाका शीर्ष नेताहरु नै अनुपस्थित भएको र बैठकमा सहभागी नेताहरुबीच आन्दोलनको स्वरुपका बारेमा फरक फरक प्रस्ताव अघि सारेपछि आन्दोलनको कार्यक्रम तय गर्न नसकिएको गठबन्धनका एक नेताले बताए । मंगलबारको बैठकमा सहभागी नेताहरुले आन्दोलनको विषयमा आ–आफ्नो सुझाव पेश गरेको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए । नेताहरुबाट प्राप्त सुझावका आधारमा बुधबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने उनले जानकारी दिए । गठबन्धनको मंगलबारको बैठकमा विगतमा ६ महिना भन्दा बढी समय मधेसमा गरिएको कठोर आन्दोलनको प्रभावका बारेमा पनि समीक्षा गरिएको थियो । मधेस केन्द्रित आन्दोलनले मधेसी जनतालाई नै समस्या भएको तर राजधानीमा भने त्यसले कुनै असर नगरेको भन्दै काठमाडौंलाई धक्का दिन केन्द्रीय राजधानीमै आन्दोलन चर्काउनुपर्नेमा उनीहरुले जोड दिए । मोर्चाका मधेस केन्द्रित नेताहरुले मधेससहित देशैभर आन्दोलन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् भने गठबन्धनमा आवद्ध जनजाति नेताहरुले भने देशभर नभई राजधानी केन्द्रित सशक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । वैशाखदेखि आन्दोलन चर्काउने जनाएको मोर्चाका नेताहरु भने एमाले नेतृत्वको सरकार ढाल्ने रणनीतिमा छन् । उनीहरु सरकार परिवर्तनको कोर्ष अघि बढेमा आन्दोलनलाई सोही किमिमले ढाल्नुपर्ने योजनामा छन् । कुटनीतिक निकायसँग छलफल गर्ने नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग पनि छलफल गर्ने भएको छ । नेपाल भित्र रहेका विदेशी कुटनीतिक नियोगका प्रमुख, राजदुत, दातृ संस्थासँग सामुहिक छलफल गर्ने मोर्चाले तयारी गरेको छ । सोमवार मधेसका मुद्दाका सन्दर्भमा राजधानीमा वृहत्त अन्तरक्रिया गरिएपछि बिहीबार काठमाडौंस्थित कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्न लागेको हुन् । नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा जानकारी दिन र अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि छलफल गर्न लागिएको मोर्चाका नेताहरुले बताएका छन् । लाजिम्पाटस्थित ¥याडिसन होटलमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफ गर्ने कार्यक्रम तय गरिएको मोर्चाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: