Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

शैक्षिक शत्र शुरु भएपनि पचास हजार विद्यार्थीको हातमा अझै पुस्तक पुगेन

\"books\"रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत ९निजी० २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् । शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६०० विद्यार्थी विद्यार्थी छन् । निजी विद्यालयले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् । सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताए । उनका अनुसार रुपन्देहीमा ६६ हजार ५८७ थान पुस्तकको माग भए पनि ११ हजार ५०० मात्रै प्राप्त भएको छ । कक्षा ६ मा १२ हजार आठ सय १३, कक्षा ७ मा १२ हजार सात सय ९१, कक्षा ८ मा १३ हजार सात सय, कक्षा ९ मा १३ हजार आठ सय ३० र कक्षा १० मा १३ हजार चार सय २५ थान पुस्तकको माग छ । कक्षा ६ को एउटा पनि पुस्तक आएको छैन भने कक्षा ७ देखि १० सम्ममा करिब १५ हजारको हाराहारीमा मात्रै पुस्तक आएको शिक्षा अधिकारी थापाले बताउनुभयो । तथ्याङ्कानुसार रुपन्देहीमा पुस्तकको अभाव निकै छ । बुटवल पश्चिममा कक्षा १ देखि १० सम्मको सरकारी पुस्तक वितरणको जिम्मा लिएको सुपर एजुकेसन इन्टरप्राइजेजका सञ्चालक खिमनारायण पराजुलीले पुस्तक अभाव चरम रहेको बताउनुभयो । पश्चिम क्षेत्रमा सबैभन्दा बढी पुस्तकको माग रुपन्देही जिल्लामा रहेको छ । अन्य जिल्लामा त झन समस्या विकराल रहेको भन्दै रुपन्देहीमा पनि पुस्तक सहज वैशाखसम्ममा कुनै पनि हालतमा नहुने पुस्तक व्यवसायी सङ्घ रुपन्देहीमा पूर्व अध्यक्ष दिवाकर घिमिरेले जिकिर गर्छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: