Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्डले प्रधानमन्त्रीलाई भने आन्दोलनमा जान्छौ

काठमाडाैं, प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शनिबार दलबीच कुरा नमिलेपछि आइतबारलाई दुई नेताले मात्रै सहमतिका लागि प्रयास गर्नेभन्दै बैठक बोलाइए पनि कुनै सहमति नभएको हो । छलफलका लागि प्रचण्ड बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिब एक घण्टा चलेको छलफलमा दुई नेताबीच कुनै सहमति नभएको प्रचण्डको स्वकीय सचिवालयले जानकारी दियो । छलफल सकारात्मक भए पनि प्रधानमन्त्रीबाट सहमतिका लागि कुनै प्रभावकारी प्रस्ताव नआएको प्रचण्ड सचिवालयको भनाई छ । प्रधानमन्त्री आपसी संवाद,सहकार्य,एकता,मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने बताएका थिए । केही समयदेखि चलिरहेको वार्ता प्रकृयालाई निरन्तरता दिनु पर्ने कुरामा प्रधानमन्त्रीले जोड दिएको उनका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्ड बीच सम्पन्न आजको भेटवार्तामा दुवै नेताहरुले वार्ता र संवादद्वारा नै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गर्नुभएको थियो ।’ दुई नेताका भेटपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ । प्रधानमन्त्रीले वार्ताबाट विचलित नहुन पनि प्रचण्डलाई आग्रह गरेका छन् । ‘वार्ताको क्रममा हुने उतार चढाबबाट विचलित नभई संवादको प्रकृयालाई निरन्तरता दिएर संविधान निर्माणको प्रकृयालाई टुंगोमा पु¥याउन आग्रह गर्नु भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending