Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सुकिला किसान बनाउँछौं : कृषि मन्त्री गजुरेल

\"hariगोरखा । कृषि विकास मन्त्री हरीबोल गजुरेलले देशमा सुकिला किसान बनाउने बताएका छन् । गोरखा जिल्लामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले विहान सुकिला कपडा लगाएर कृषि फर्ममा जाने र बुलेका फर्कदा पनि सुकिला कपडा लगाएर घर फर्कने किसानको विकास गर्न मन्त्रालय लागि परेको उनले बताएका हुन् । वैदेशिक रोजगारमा कडा परिश्रम गर्ने हाम्रा नागरिकहरुले आफ्नै देशको कृषि फर्ममा काम गरेर बचेको समयमा घरको कामबाट उत्तिकै आम्दानी गर्न सक्ने उनले बताए । किसानहरुलाई पेन्सन दिने, युवाहरुलाई कृषि फर्मको काममा लगाउने लगायतका प्रस्ताव सबै पक्षसँग परामर्श गरी पेश गरिएको बताए । किसानहरुले पेन्सन कहिले पाउँछन् भन्ने प्रश्नमा नेता गजूरेलले किसानहरुले आफ्नो आम्दानीको पाँच प्रतिशत जम्मा गर्दै जाने र १५ वर्षपछि उसलाई पेन्सन दिने व्यवस्था राज्यले गर्ने प्रस्ताव पेश गरिएको बताए । नेता गजूरेलले मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै पक्ष एक हुनुपर्नेमा जोड दिए । संविधानको कार्यान्वयन मूख्य चुनौती रहेकाले सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए । भूकम्प गएको वर्ष दिन पुग्दा पनि नीजि तथा सार्वजनिक आवास भवनहरु निर्माण हुन नसकेको र संविधान कार्यन्वयनमा समेत बाधा अवरोध भईरहेकाले सबै संयमित भएर जानुपर्ने उनको भनाई छ । भूकम्प गएको एक वर्ष भैसक्दा पनि केही गर्न नसकेको भन्दै संविधान कार्यान्वयनमा भाँजो हाल्न नेपालको हित नचाहनेहरु लागि परेको उनले बताए । \"hari यसैवीच नेता गजूरेलले आजै जिल्ला कृषि विकास कार्यालय गोरखाको अनुगमन गरी निर्देशन दिएका छन् । कृषिको विकास विना देशको विकास हुँदैन भन्ने नेताहरु नै कृषिमा लगानि बढाउन तयार नभएको बताउँदै कृषि र सिकान भाषण गर्ने मन्त्र भएको उनको भनाई छ । भाषणमा जसरी व्यवहारीक रुपमा लगानी बढाई काम गर्नुपर्ने उनले बताएका छन् । जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै जनताका काम चुस्तदुरुस्त र छिटोछरितो गर्न सुझाएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्लाको अवस्थाका बारेमा जानकारी दिँदै दिदैं नीजि आवास निर्माण र खानेपानी समस्या जिल्लाको मुख्य चुनौती रहेको बताए थिए । गोरखा जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सबै क्षेत्रमा सुशासन कायम गर्न नसकिएको, प्राविधिक तथा गाविस सचिवहरुको संख्या दरबन्दी अनुसार नभएको उनले बताएका छन् । भूकम्प प्रभावित नागरिकहरुले आफ्ना भत्केका घरका काठ बाहिर लैजान पाउने समय दुई महिना थप गर्न र नीजि आवास निर्माणका लागि काठको व्यवस्था गर्न समेत कार्यलय प्रमुखहरुले आग्रह गरेका छन् । यसैवीच काठको आवश्यकता पूर्ती गर्न गोरखा र धादिङका बुढी गण्डकी डुवान क्षेत्रमा पर्ने जंगलको समेत प्रयोग गर्न सक्ने आधार तय गर्न समेत मन्त्री गजुरेललाई सुझाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: