Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अमेरिकामा नेपाली सम्मेलन : राष्ट्रपति ओबामाले उद्घाटन गर्ने

\"IMG_5611-750\"काठमाडौं । विदेशीएका नेपाली स्वदेश फर्काउन अमेरिकाको फ्लोरिडा राज्यमा तीन दिने सम्मेलन गर्ने भएको छ । हिडन इन्टीलीजेन्स ग्रुपले विभिन्न देशमा रहेका बौद्धिक नेपालीलाई जम्मा गरेर जुन १७,१८ र १९ मा उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनको उद्घाटन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गर्ने तयारी छ । विश्वभर रहेका नेपालीलाई उक्त सम्मेलनमा भाग लिनका लागि समूहले पत्रकार सम्मेलन मार्फत आव्हान गरेको छ । कार्यक्रममा बोल्दै विज्ञान प्रविधि मन्त्री शिवलाल थापाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन् । नेपालीले विश्व चकित पार्ने आविष्कारहरु गरिरहेकोमा खुशी व्यक्त गर्दै उनले सरकार त्यस्ता वैज्ञानिकलाई स्वदेश फर्काउन लालायित रहेको बताएको छन् । राजधानीमा भएको पत्रकार सम्मेलनमा अमेरिका, जापान, अष्ट्रेलीया, लण्डन, कतारलगायतका देशमा रहेर नाम, दाम कमाइरहेका युवाहरुले आफ्नो मन्तव्य स्काइपमार्फत राखेका थिए । अमेरिकाबाट मन्तव्य राख्दै वैज्ञानिक एवं संस्थाका प्रतिनिधि कपिल पौडेलले विश्वलाई नेपालीको ज्ञान र आविष्कारको आवाज सुनाउनका लागि अमेरिकामा सम्मेलन गर्न लागिएको स्पष्ट गरेका छन् । \"Mantri-750\" उक्त सम्मेलनमा प्रस्तुत हुने मरुभूमिको बालुवालाई समेत मलिलो माटो बनाउने प्रविधि, कृषि उत्पादन बढाउने उपायलगायतका कार्यपत्रले विश्वकै ध्यान खिच्न सक्ने उनको ठोकुवा छ । नेपालसँग विश्वकै धनी देश बन्न सक्ने श्रोत र साधन रहेको भन्दै उनले त्यसलाई प्रयोगमा ल्याउनका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने बताएका छन् । नेपाललाई बनाउने हो भने विदेशमा रहेका बौद्धिक व्यक्तित्वहरु स्वदेश फर्कनु पर्नेमा उनको जोड थियो । त्यसको वातावरण मिलाउन उनले सरकारसँग आग्रह गरेका छन् । साथै उक्त सम्मेलनमा सहभागि हुन र नेपाली युवाहरुको आविष्कारबारे बुझ्न प्रधानमन्त्री, मन्त्रीहरु र सभासदहरुलाई निम्तो दिएका छन् । यस्तै समूहका नेपाल प्रतिनिधि हाँस्य कलाकार मनोज कुमार आचार्य (खुराफाती हाकीम) ले जनताले पहिचान गर्न सके केहि व्यक्तिले नै देश बनाउन सक्ने बताएका छन् । मान्छेले चाहाने हो भने असम्भव कुरा केही पनि नभएको भन्दै उनले नेपाललाई समुन्नत बनाउने प्रविधिको विकासमा नेपालीहरु नै अघि बढिसको जिकिर गरेका छन् । हिडन इन्टीलीजेन्स ग्रुपमा विभिन्न देशमा रहेर अध्ययन र अनुसन्धान गरिरहेका बौद्धिक व्यक्तित्वहरु सहभागि छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: