Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नयाँ शक्तिले दियो एनसेललाई चेतावनी

\"Ncell काठमाडौं । एनसेलले समयमै कानुनबमोजिम कर नतिरेमा नयाँ शक्ति नेपालले देशव्यापीरुपमा एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ । नयाँ शक्ति नेपालले आइतबार ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख करअधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । नयाँ शक्तिकी नेतृ कल्पना धमलाको नेतृत्वमा कर कार्यालय पुगेको एक टोलीले कानुन बमोजिम राज्यलाई घाटा पर्ने गरी कर नतिरेमा देशव्यापीरुपमा एनसेलको प्रयोग बहिस्कार गर्ने अभियान चलाउनेसमेत बाध्य हुँने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउँदै नेतृ धमलाले भनिन्, ‘एनसेलको सम्पूर्ण शेयर स्वामित्व बिक्री भएको तर स्थानीय स्वामित्वको २० प्रतिशत मात्र पूँजिगत लाभकर असुल भएको कुरा सार्वजनिक जानकारीमा आएको छ ।’ उनले प्रचलित कानुनविपरीत राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम हुनु मुलुककालागि दुःखदायी भएको बताइन् । । ‘यदि यस्तै गरियो भने हामी एनसेलको सेवा बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान चलाउँछौं ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ठूला करदाता कार्यालयले सुशासन कायम गर्न आफनो ध्यान केन्द्रित गर्दै राज्यको तर्फबाट ठुला करदाताहरुवाट कानुनबमोजिम कर असुली गरी देश विकासका निम्ति र आधारभुत जनताको सेवाकानिम्ति श्रोत परिचालन गर्न आफनो ध्यान केन्द्रित गरोस् भन्ने पनि हामी गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ ‘नयाँ शक्ति नेपाल कुनै मोलाहिजा वा दवावमा नपरी चाँढो पूँजिगत लाभकर असूल गर्न ठुला करदाता कार्यालयलाई अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending