Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रचण्ड बालुवाटारमा कड्किएपछि ........

काठमाडौं, शुक्रबारका दुई पक्षीय बैठकपछि शनिबार प्रधानमन्त्री निवास बालुवारमा चार पक्षीय बैठक बसेर संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्ने भनिए पनि दलबीचको दुरी झन् बढेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–सत्ता पक्षको धारणा भन्दै एमाले अध्यक्ष खड्गप्रसाद ओलीको सन्देश भनेर १७ कात्तिककै ९ बुँदे प्रस्ताव एमाले नेता वामदेव गौतमले प्रस्तुत गरेपछि वातावरण बिग्रने पुगेको हो । वामदेवले ‘हाम्रो प्रस्ताव ९ बुँदे हो । यही राख्नुस् भनेर अध्यक्षले मलाई पठाउनुभएको थियो । मैलें राखें ।’ गौतमले भने, ‘तर, एमाओवादीका नेतृत्वमा आवद्ध मोर्चा वार्ताबाट सहमति गर्न होइन उत्तेजना फैलाउन आउनुभएको रहेछ । हामीले ९ बुँदे कहाँ लचिलो हुन सक्छौं भन्दा उहाँहरुले कुनै प्रस्ताव ल्याउनु भएन ।’ ओलीको सन्देश वामदेवले सुनाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जंगिएका थिए । ‘प्रधानमन्त्रीले नै बोलाएपछि हामी यहाँ आएका हौं । माघ ५ को सेरोफेरोमा सहमतिको प्रयास गर्ने भनेर आयौं । तर, तपाईंहरु फेरी १७ कात्तिकको कुरा गर्दै हुनुहुन्छ । दुई तिहाईको दम्भ र अहंकार देखाउने हो भने कसरी हुन्छ ?’ प्रचण्डले जंगदै बालुवाटार बैठकमा भने, ‘सहमतिको आधारमा संविधान निर्माणमा हामी प्रतिवद्ध छौं । तपाईंहरु सहमतिको लागि तयार हुनुहुन्छ भने तयार हुनुहोस् न त्र हामी आन्दोलन घोषणा गरेर जान्छौं ।’ प्रचण्ड जंगिएपछि वातावरण विग्रन गएपछि पछि मिलाइएको कानुनमन्त्री नरहरि आचार्यले बताए । ‘बीचमा केही कुरा नमिल्लाजस्तो भएको थियो तर, फेरी हामीले मिलाऔं ।’ आचार्यले भने । छलफलको सुरुवातमा भने प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमा संधिवान बनाऔं, अव वार्तालाई निरन्तरता दिउँ भनेका थिए । त्यसपछि विकल्प के हुन सक्छन् भनेर थप छलफल गरौं र आइतबार बिहान ३० दलीय मोर्चाका तर्फबाट प्रचण्ड र सत्तापक्षबाट प्रधानमन्त्रीबीच वार्ता गरी सहमतिको जिम्मा प्रधानमन्त्रीलाई दिइएको थियो । वामदेवले प्रस्ताव राखेपछि कांग्रेस नेता वनमन्त्री महेश आचार्यले ‘भलिबलमा सर्भिस बिग्रिएपछि खेल नै बिग्रन्छ, आज त्यस्तै भयो सर्भिस नै बिग्रियो अब भोलि (आइतबार) छलफल गरौं ।’ उनले यसो भन्दा एमाओवादीका नेताहरुले आइतबार आन्दोलन घोषणाको कार्यक्रम रहेको भन्दै आजै के गर्ने टुंगो लगाउने भनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending