Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एक गाग्रो पानी भर्न तीन घण्टा कुर्नुपर्ने बाध्यता

\"khanipani\"पाल्पा । वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन् । मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन् । गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन् । मुझुङ्ग–१, २, ७ र ८ का झन्डै २०० घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ–फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई यतिबेला पानीको जोहो गर्न समस्या भएको छ । पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुङ्ग–७ स्थित लामटाङ्गेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीयवासी सुमित्रा दर्नालले बताए । उनले भने – ‘तीन घन्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरू पानीका मुहान सुकेपछि सबैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ । त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाइधुवाइ गर्न त छहरा–५ मङ्गालको खोलामा जानुपर्छ ।’ गत वर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएर यसपालि पानीका मुहान छिट्टै सुकेको स्थानीय बूढापाका बताउँछन् । भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यस वर्ष माघ–फागुनमा नै एक दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन् । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान सुकेपछि गृहिणी तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका हुन् । पानीका मुहान सुकेपछि पानीको मुहानको खोजीमा तानसेन नपा, पालुङ्गमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थान गाविस लगायतका गाविसमा पानीको निकै समस्या रहेको छ । पहाडी जिल्ला भएकाले पनि मानिस लेकमा बस्ने गरेकाले पानीको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: