Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

एक गाग्रो पानी भर्न तीन घण्टा कुर्नुपर्ने बाध्यता

\"khanipani\"पाल्पा । वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन् । मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन् । गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन् । मुझुङ्ग–१, २, ७ र ८ का झन्डै २०० घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ–फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई यतिबेला पानीको जोहो गर्न समस्या भएको छ । पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुङ्ग–७ स्थित लामटाङ्गेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीयवासी सुमित्रा दर्नालले बताए । उनले भने – ‘तीन घन्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरू पानीका मुहान सुकेपछि सबैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ । त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाइधुवाइ गर्न त छहरा–५ मङ्गालको खोलामा जानुपर्छ ।’ गत वर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएर यसपालि पानीका मुहान छिट्टै सुकेको स्थानीय बूढापाका बताउँछन् । भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यस वर्ष माघ–फागुनमा नै एक दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन् । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान सुकेपछि गृहिणी तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका हुन् । पानीका मुहान सुकेपछि पानीको मुहानको खोजीमा तानसेन नपा, पालुङ्गमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थान गाविस लगायतका गाविसमा पानीको निकै समस्या रहेको छ । पहाडी जिल्ला भएकाले पनि मानिस लेकमा बस्ने गरेकाले पानीको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies