Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सामुदायिक वनमा भीषण डढेलो, अर्बौको क्षति

\"dadelo\"खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरी र सावाकटहरे गाविसको दुईवटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । बाराहापोखरी–६ स्थित अलैँची दिप्लु सामुदायिक वनबाट सुरु भएको डढेलो अहिले सावाकटहरे गाविसको सल्ले सावा सामुदायिक वनमा पुगेको स्थानीयवासीले बताएका छन् । गत चैत २८ गतेबाट लागेको डढेलो अझै नियन्त्रणबाहिर रहेको स्थानीयवासीले बताएका छन् । डढेलो लागेको क्षेत्रमा हावा चलिरहेकाले नियन्त्रण गर्न नसकिएको स्थानीय वन उपभोक्ता समितिले जनाएको छ । जङ्गलमा लागेको डढेलोले करोडौँको क्षति भइसकेको अलैँची दिल्पु सामुदायिक वन उपभोक्ता समितिका सचिव हुकुम राईले जानकारी दिए । ‘डढेलोले जडीबुटी, रूख तथा बोटबिरुवा, जङ्गली जनावरलगायत जलेर नष्ट भएको छ,’उनले भने । ‘नियन्त्रण गर्न सबैजना लागिपरेका छौँ, तर नियन्त्रण गर्न सक्ने सम्भावना छैन ।’ जङ्गलमा लागेको डढेलो गाउँमा आउन लागेकाले घरघरमा पानी लिएर बस्ने गरिएको बाराहापोखरीकी कल्पना मगरले जानकारी दिइन । ‘गाउँ वरिपरि फैलिएको जङ्गलमा आगो दन्किरहेको छ , उनले भने । ‘निभाउन सक्ने सम्भावना छैन, त्यसैले घर जोगाउन पानी लिएर बसेका छौँ ।’ डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ । हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा लगाइने आगोले पार्ने दीर्घकालीन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ । जङ्गलमा आगो लगाउन नियन्त्रण गर्न उपभोक्ता समितिले कडाइ गर्नुपर्ने जिल्ला वन कार्यालय खोटाङका वन अधिकृत लोकराज नेपालले बताए। ‘हामीले सबैजसो वन समुदायमा हस्तान्तरण गरेका छौँ’, उनले भने । ‘त्यसैले यसप्रति उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रबाट कडाइ गर्नुपर्छ ।’ जिल्लामा यस वर्ष मात्रै दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा लागेको डढेलोले अर्वौको क्षति भइसकेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending