Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

टहरोमा दिन गुजार्न परेपनि नयाँ वर्षको आगमनले खुसी छन् बारपाकी

\"Barpakगोरखा । हातमा कुखुरा च्यापेर बारपाक–२ मान्द्रेकी करुणा गुरुङ टहरो फर्कंदै थिइन् । कुखुराको झोलसँग भात खाएर नयाँ वर्ष मनाउने उनको तयारी छ । गत वैशाख १२ गतेको बज्रपातबारे उनले सम्झन पनि चाहिनन् । भुलुभुलु लागेपछि अमाजूको यादले उनलाई सताउँछ । उनकी अमाजू ९कान्छी गुरुङ० अन्धो ९आँखा नदेख्ने० थिइन् । ‘भूकम्पले घर हल्लाएपछि अरू भागे, उनी भाग्न सकिनन्, घरभित्रै थिचिएर बित्नुभयो,’ करुणाले स्मरण गर्दै भनिन् । यतिभन्दा उनका आँखा रसाए । काखमा च्यापेको कुखुरा भुइँमा राखिन् । करुणाको मात्रै होइन, बारपाक–२ मान्द्रेका छ जनाको परिवारले उस्तै पीडा खेपेका छन् । जताततै चिराचिरा परेपछि लास गाड्ने ठाउँ घरको आँगन सुरक्षित ठाने उनीहरुले । भूकम्पले भत्काएको घरको आँगनमा लास गाडेपछि उनीहरु अर्काको जग्गामा गएर बस्न थाले । ‘महिनाको ५०० भाडा तिर्नुपर्छ,’ स्थानीयवासी धनबहादुर गुरुङले भने –‘कमाई केही छैन, कसरी भाडा तिरुँ ? ’ राहतमा आएको १५ हजारले भाडा तिर्दै आएको उनले बताए । भूकम्पले घर ढालेपछि टहरोमा बसेका मान्द्रे–२ का अस्पिनी गुरुङको परिवार अहिले आफ्नै घरमा बस्छन् ।‘कुर्दा–कुर्दा सरकारबाट पैसा आएन, उनले भनिन् – ‘बूढाले ऋण खोजेर घर बनाइदियो ।’ रु तीन लाख खर्चेर उनीहरुले घर त बनाए तर ऋण कसरी तिर्ने भन्ने निक्र्योल गर्न सकेका छैनन् । ‘बारी बेचेर भए पनि ऋण तिर्छु, अर्काको खान्न, उनले भनिन् । बारपाक–८ की सन्तमाया घले भूकम्प आउँदा घरभित्र थिइन् । भाग्दाभाग्दै घरको गारोले उनलाई थिच्यो । गोडामा गहिरो चोट लाग्यो । पेटमा बच्चा भएकी उनले थप दुःखकष्ट झेल्नुप¥यो । विदेशमा रहेका उनका पति पासाङ घर फर्किए । अस्पताल लगेर श्रीमतीको उपचार गरे । छोरो जन्मियो । छोराको नाम उज्ज्वल राखे । नयाँ घर निर्माणमा खटेका बारपाक–७ का आशबहादुर गुरुङलाई आजभोलि गाउँ घुम्न गएका नयाँ मान्छेले दिक्दार बनाएका छन् । भूकम्पपछिका घटनाबारे जानकारी दिँदादिँदा उनी हैरान भएका हुन् । ‘पालमुनि बस्दा–बस्दा मान्छे मर्ने भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले घर बनाउन पैसा दिन्छु भनेर भाषण गरेथे, अहिलेसम्म दिएनन् । ’गाउँमा फोटो खिच्ने मान्छे धेरै आए पनि एक कप चिया खुवाउने कोही नआएकामा उनी दुःखी छन् ।‘वर्षभर फोटो खिच्न दिएरै बित्यो, एक कप चिया कसैले पत्याएन,’ उनले भने । बारपाक–८ की कालीमाया गुरुङ टहरोमा बख्खु बुन्दै थिइन् । भूकम्पपछि राहत, निर्माण सामग्रीको जोहो गर्न मानिस भौँतारिँदै हिँडे पनि उनले आफ्नो पेसा छाडिनन् । बख्खु बेचेको आम्दानीले उनको परिवार धानिएको छ । ‘दुई छाक खान अरूसँग भिख माग्नु पर्दैन,’ उनले भनिन् । बारपाकका ९मान्द्रे, कोजे, स्नान, पोखरीसहित० करिब एक हजार ४५७ घरधुरीका भूकम्प प्रभावित कोही पनि त्रिपालमा छैनन् । जस्तापाताले छाएको टहरो उभ्याइसकेका छन् । त्रिपाल छाडेर टहरोमा बस्न एक वर्ष कुरे । आफ्नो मिहेनत, सरकारी तथा दातृ निकायको सहयोगले भूकम्प प्रभावित बारपाकी तङ्ग्रँदै छन् । पुनःनिर्माणमा जुटेका छन् । स्थानीयवासी जस्तापाताले छाएको सुरक्षित टहरोमा सरे पनि सिङ्गो गाउँको सुरक्षार्थ खटिएको नेपाल प्रहरी अझै त्रिपालभित्र छ । तीनओटा त्रिपालबाट प्रहरी चौकी सञ्चालन गरिएको हो । नेपाल प्रहरीले दिएको त्रिपाल च्यातिसकेको भए पनि भवन बनाउने मेलोमेसो देखिएन । ‘जाइकाले भबन बनाइदिन्छु भन्यो, अहिलेसम्म बनाएन, ’एक प्रहरीले भने । चौकीमा १२ जना प्रहरी छन् । उनीहरुले सिङ्गो गाउँको सुरक्षा गर्छन् । बारपाक मात्रै होइन बालुवा, नयाँसाँघुलगायत प्रहरी चौकी पनि त्रिपालभित्रबाटै चलेका छन् । भूकम्पपछि राहत सामग्री वितरण र पुनःनिर्माणमा केयर नेपाल नामक संस्थाले गाउँलेलाई सहयोग गर्दै आएको छ । डब्लुएफपीको सहयोगमा सप्रोस नामक संस्थाले कामका लागि खाद्यान्न कार्यक्रम चलाएर गाउँमा मोटरबाटो बनायो । बारपाक चक्रपथभित्र छ । गाउँमा खानेपानीको सुविधा पु¥याउन केयर नेपालले तीन करोड रुपैयाँ लगानीमा खानेपानी आयोजनाको काम धमाधम अघि बढाएको छ । स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्छन् । औषधिको अभाव छैन । भूकम्प प्रभावित सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यता भने अझै हटेको छैन । “गाविस सचिव सदरमुकाम बस्छन्, बेलाबेला मात्रै गाउँ आउँछन्,” एक सेवाग्राहीले भने । गाउँलेले आफ्नै सीप र शैलीबाट घर बनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: