Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भूकम्पले बढाउँदै छ मनोसामाजिक समस्या

[caption id=\"attachment_59100\" align=\"alignleft\" width=\"750\"]\"फाईल फाईल तस्वीर[/caption] काठमाडौ । नेपालमा भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि यसको परकम्पले मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पले त्रास हट्न सकेको छैन भने यसले मनोसामाजिक समस्यालाई पनि बढादिएको छ । भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने मनोचिकित्सकले बताएका छन् । केही वस्तु हल्लँदा पनि डराउने, त्रासको महसुस हुने कारण मानिसमा मानसिक समस्या बढ्दै गएको भनाइ उनीहरुको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ प्रा डाक्टर सरोजप्रसाद ओझाले भूकम्पले अझ पनि मानिसमा निद्रा नलाग्ने, मनको धड्कन बढ्ने, बढी डराउने, आत्तिने, अग्लो ठाउँमा जान वा बस्न नसक्ने र आत्मविश्वास गुम्नेजस्ता समस्या बढाएको बताए । यस्तो समस्याले विद्यार्थी, वृद्धवृद्धा, बालबालिका र महिलामा बढी प्रभाव पारेको छ । उनका अनुसार यस्ता मनोसामाजिक समस्याको समयमै निदान नगरिए मानसिक रोगलाई बढाउने खतरा रहन्छ । धेरैले फेरि पनि के हुने हो रु भन्ने डरका कारण आत्मविश्वास गुमाएको उनको भनाइ छ । उनले भन्नुभयो –‘भूकम्पका कारण धेरैको दिमाग शून्यतामा पुग्न सक्छ । शून्यताबाट सामान्य अवस्थामा आउन समय लाग्छ । यो बीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ ।’ कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने डा ओझाको भनाइ छ । यसलाई चिकित्सा विज्ञानको भाषामा ‘पोस्ट ट्रमाटिक मेन्टल डिसअर्डर’ भनिन्छ । भूकम्प आएसँगै आत्तिएर भाग्दा मानसिक रुपमा मात्र नभई शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकहरुले सुझाएका छन् । उनले अझसम्म पनि मन डराउने, काममा ध्यान नजाने, अज्ञात भयले सताउने जस्ता समस्या लिएर दैनिक चारजनासम्म बिरामी आउने गरेको जानकारी दिए । ‘यो त्रासले ल्याएको मनोसामाजिक समस्या हो, त्यसमाथि सञ्चारमाध्यममा आउने खबरले पनि मानिसमा त्रास बढाएको छ,’ उनले भने। यसका लागि मनोपरामर्श दिने सेवा सर्वसुलभ हुनुपर्ने विज्ञहरुको सुझाव छ । मन्त्रालयमा यस विषयमा कुनै छलफल नभएको एक विज्ञले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: