काठमाडौँ । व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिले मालपोत र नापी कार्यालयमा सेवाग्राहीका लागि सहज, व्यवस्थित र पारदर्शी ढङ्गले सेवा दिन तत्काल आधुनिक प्रविधियुक्त अनलाइन सेवामा लैजान सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले जनतासँग जोडिएका महत्वपूर्ण कार्यालयमा विचौलियाको बिगबिगी रहेको र सेवाग्राही मर्कामा परेको भन्दै अनलाइन सेवामा जान निर्देशन दिएको हो ।
बैठकले भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रस्तुत गरेको चालु आवको हालसम्मको प्रगति विवरण हेर्दा मन्त्रालय आफैँले तय गरेको लक्ष्यअनुरुप पनि प्रगतिको अवस्था सन्तोषजनक मान्न नसकेको निष्कर्ष निकाल्दै बाँकी समयमा लक्ष्यअनुरुप काम सम्पन्न गर्नसमेत आग्रह गरेको छ ।
भूकम्पलगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यान दिँदै सुरक्षित बसोबास, खाद्य सुरक्षा र दिगो एवम् सन्तुलित विकासका अवधारणासमेत मध्यनजर गर्दै भूकम्पप्रभावित क्षेत्रमा पुनःनिर्माण कार्य गर्दा भू–उपयोग नक्सा अपरिहार्य हुने हुँदा भू–उपयोग नक्सा निर्माणलाई उच्च प्राथमिकतामा राख्न समितिले आग्रह गरेको छ ।
भूकम्प प्रभावित ३१ जिल्लाको भू–उपयोग नक्सा तयार गर्न पुनःनिर्माण प्राधिकरणको बजेटबाट तथा तराईका २० जिल्लामा भू–उपयोग नक्सा तयार गर्नका लागि आगामी आवको मन्त्रालय अन्तर्गतको नियमित बजेटबाट बजेट विनियोजन गरी सम्पन्न गर्न निर्देशन दिएको छ ।
यस्तै, अविलम्ब भू–उपयोग ऐनको विधेयक तयार गरी व्यवस्थापिका–संसद्मा पेस गर्न र भू–उपयोग नीति कार्यान्वयनको प्रगति विवरण प्रत्येक तीन महिनामा समितिमा पेस गर्न दिगो भू–व्यवस्थापनका लागि भूमिनीतिको तर्जुमा गर्न पनि निर्देशन दिइएको छ ।
यस्तै सार्वजनिक जग्गा संरक्षण गर्न, मुक्तकमैया र मुक्त हलियाको पुनःस्थापना गर्न, जग्गाको एकीकृत मूल्याङ्कन नीति बनाउन, एकै प्रकृतिको जग्गाको मूल्याङ्कन गर्दा विश्वसनीय, यथार्थपरक र वैज्ञानिक बनाउनसमेत निर्देशन दिएको सभापति गगन थापाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: