काठमाडौं । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउनु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल तथा राज्यद्वारा बेपत्ता योद्धा परिवार नेपालको संयुक्त प्रशिक्षण–भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हामी कमजोर भएका भए हामी सबैलाई त्यतिखेरै टाउका काटेर सिद्धाउन खोजिएको थियो । तपाईहरु–हामी सबैलाई अपराधी आतंककारी भन्दै मार्न खोजिएको थियो । कसैलाई बाँकी राखेका होइनन् नि । पक्रिदै मार्दै बलात्कार गर्दै विभत्स घटनाहरु भएका छन् । उनीहरुले चाहेको र सकेको भए हामी सबै आतंककारी हौं । उनीहरुलाई राज्यको टाउको काटेर ल्याउने अधिकार थियो । अन्तराष्ट्रियले पनि अझै धेरै मार भनेर उनीहरुलाई हतियार दिएको थियो । हामीले पनि त्यतिखेर लडेको लड्यै यस्तो ठाउँमा पु¥याइयौं कि हाम्रा जनता, जनसेना, हतियारका कारणले हामीलाई जित्न उनीहरुले पनि नसक्ने हामीलाई पनि तुरुन्तै सिद्धाउन सक्छौं भन्ने लागेन । त्यो भएकाले सम्झौता भएको हो ।\'प्रचण्डले हारेको भए हामीले अहिले माओवादी भन्न पनि नपाउने समेत बताए । उनले भने, \'यो संझौता भएकाले उनीहरुले चाहे जस्तो पनि भएको छैन हामीले चाहे जस्तो पनि भएको छैन । अझै पनि हामी कमजोर भए हामी कसैलाई पनि राख्दैनन् । त्यसैले हामी सबै माओवादी एकतावद्ध हुनुपर्छ भनेर लागेका छौं । माओवादीहरु ज्ति सबैलाई एकतावद्ध बनाउने एउटा मिसन अगाडि बढी रहेको छ । अब छिट्टै ५÷७ वटा समुह एकतावद्ध हुन्छन् भन्ने लागेको छ । विरोधीहरु सबै माओवादीलाई एकतावद्ध नहुनदिन न्वारानदेखिको बल लगाएर लागेका छन् । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: